अवैध साढे ५ लाख बढी भारु नोटसहित एक भारतीय पक्राउ

0
Shares

काठमाडौं ।

अवैध साढे ५ लाख भारु नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण सितामढी जिल्ला बरगिनिया ग्राम जमुवा १४ का ४० वर्षीय ओमप्रकाश साह रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्यगेटबाट पक्राउ गरेकाे हाे । अवैध भारु वीरगञ्जको सीमा हुँदै भारतको रक्सौलतर्फ लैजाँदै गरेको विशेष सूचाकका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

अवैध भारुनाेट वीरगञ्जको सीमा हुँदै भारतको रक्सौलतर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।