मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल टेलिकम बनेपा शाखाले बेथाञ्चोक गाउँपालिकामा सेवा विस्तार गरेको छ । स्थानीय सरकार गठन भए लगत्तै नागरिकलाई सूचना प्रविधिमा पहुँच पु¥याउने उदेश्यले देशभर सेवा विस्तार गर्ने क्रममा जिल्लाको बेथाञ्चोक गाउँपालिकामा सेवा शुभारम्भ गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेवा विस्तारको शुभारम्भ गरेका थिए । टेलिफोन लाईन उद्घाटन गर्दै मन्त्री बास्कोटाले देशैभर टेलिफोन सेवा विस्तार युद्ध स्तरमा भएको बताए । ‘जहाँ ब्यापार कम हुन्छ त्यहाँ टेलिकमले सेवा विस्तार गर्छ’–मन्त्री बास्कोटाले भने–‘देशभरका सबै गाउँपालिकामा इन्टरनेट सहितको सेवा पु¥याउँदै हरेक क्षेत्रमा सूचनाको पहुँचमा जनतालाई सेवा प्रवाह गर्ने छौ ।’ जिल्लामा मोवाईलको गुणस्तर सुधार्न ५५ स्थानमा टाओरको सर्भेक्षण गरिरहेको बताउँदै मन्त्री बास्कोटाले प्रविधिको प्रयोग गर्न तर दुरुपयोग नगर्न नागरिकलाई अनुरोध गरे ।
‘देशभर प्रविधिको प्रयोग भन्दा पनि दुरुपयोग र अश्लिल साईटहरुका कारण पुस्ताहरु विग्रँदै गएका छन्’–मन्त्री बास्कोटाले भने–‘२५ हजार साईटहरु बन्द भईसकेका छन् अझै ३ लाख साईटहरु बन्द गराउनु पर्नेछ । त्यो अभियान निरन्तर चल्नेछ ।’ प्रविधिबाट ज्ञान, सिप र असल चरित्रका कुराहरु सिक्न अनुरोेध गर्दै मन्त्री बास्कोटाले नेपाल टेलिकम आमा जस्तै भएको बताए ।

आमासँग नहुँदा वा आमाले पु¥याउन नसक्दा पनि विश्वास र भरोसा हुने भएकाले टेलिकमका गुणस्तर सुधार्न निरन्तर प्रयास गरिरहेको र सेवामा विस्तार गरी घर घर सूचनाको पहुँच पु¥याउने बताए । दुख र सुखको साथी टेलिकमबाट विद्यालयमा निशुल्क इन्टरनेट तथा स्मार्ट स्कुल निर्माण गर्ने अभियानमा सहयोग गर्ने बताउँदै मन्त्री बास्कोटाले देशभर ९ सय वटा विद्यालयलाई पहिलो चरणमा स्मार्ट बनाउने बताए ।
बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा टेलिकमले १ सय २८ वटा लाईन वितरण गर्ने छ भने उच्च गुणस्तर र स्पिड भएको एडिएसल संचालन गर्नेछ । मन्त्री बास्कोटाले गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई फोन डायल गरी टेलिफोन लाईनको शुभारम्भ गरेका थिए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मन्त्री बास्कोटालाई केन्द्र र स्थानीय सरकार बीचको समन्वय हुनु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुर्यभक्त पोखरेल लगायतको सहभागिता रहेको थियो । नेपाल टेलिकमको जिल्लामा यो १७ औ एक्सचेन्ज हो ।
त्यस्तै मन्त्री बास्कोटाले बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री कृष्ण गोपाल माध्यमिक विद्यालयको ५२ औ बार्षिकोत्सवको उद्घाटन गरेका थिए । विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन तथा बार्षिकोत्सवका अवसरमा आयोजित पुर्व शिक्षकहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बास्कोटाले विद्यालयलाई प्रविधि मैत्री बनाउन इन्टरनेट र कम्प्युटर शिक्षा उपलब्ध गराउनु पर्ने बताए । ९ सय वटा स्मार्ट विद्यालय मध्ये केहिलाई पहिलो चरणमा कम्प्युटर उपलब्ध गराउने उनले बताए । प्राविधिक शिक्षामा जोड दिदै शिक्षालाई ब्यवहारिक बनाउनु पर्नेमा मन्त्री बास्कोटाले जोड दिए ।
विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिना, अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विद्यालयका समस्याका बारेमा मन्त्री बास्कोटालाई जानकारी गराएका थिए । प्रदेश सभा सांसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायतले विद्यालयको बार्षिकोत्सवका अवसरमा शुभकामना दिएका थिए ।











प्रतिक्रिया