विमल बिष्ट, डोटी ।
डोटी जिल्लामा २० प्रतिशत युवतिहरु २० बर्ष उमेर नपुगि आमा बन्ने गरेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा डोटीमा कुल पाँच हजार ५ सय ३७ गर्भबती महिला मध्ये एक हजार ८२ जना २० बर्ष मुनीका रहेका छन् ।
‘गर्भ जाँच गराउन आएका महिलाहरुमध्ये २० प्रतिशत २० बर्षभन्दा कम उमेरका रहेका छन्’ जिल्ला स्वास्थ्य कार्यालय डोटीका कपिलदेव जोशीले भन्नु भयो ‘सम्पर्कमा नआएका गर्भवती युवतीहरु अरु पनि हुन सक्छन् ।’ त्यस्तै जिल्लामा सो अवधीमा गर्भ पतन गराउने एक हजार ७४ मध्ये ४४ जना २० बर्ष भन्दा कम उमेरका रहेको जोशीले जानकारी दिनु भयो । मुलुकी (अपराध संहिता) ऐन, २०७४ अनुसार बिवाहको उमेर २० बर्ष भएपनि जिल्लामा २० बर्ष उमेर नपुगी आमा बन्नेको संख्या धेरै रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘कानुनले २० बर्ष नपुगी बिबाह नगराउनु भनेको छ यहाँ त सानैउमेरमा बिबाह गर्ने चलन कायमै रहेछ ।’ सानै उमेरमा बिबाह गर्ने गरेका कारण डोटीमा कयौ महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको चिकित्सकहरुको खाबी छ ।
कानुनले बिबाह गर्ने उमेर २० बर्ष तोकेपनि यहाँका ग्रामिण क्षेत्रमा कानुनको परिपालना नगरी सानै उमेरमा छोरीको बिबाह गर्ने चलन कायमै रहेको छ । पुण्य कमाउने नाममा बर्षेनी डोटीमा बालबिबाह गरीदा समेत रोक्न नसकिएको सो क्षेत्रमा काम गर्ने संघ संस्थाको दाबी छ । जिल्लामा बाल बिबाह अन्त गर्नका लागि बिभिन्न संघ संस्था खुलेका भएपनि त्यसको रोकथाम भने कसैले गर्न सकेका छैनन् ।











प्रतिक्रिया