कृष्णउदास खनाल, वीरगन्ज ।
अवैध भारतीय रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय पर्साले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगन्ज हुँदै एक लाख ७० हजार भारूसहित नेपाल प्रवेश गरेको सूचनाको आधारमा खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका १६ ईनर्वाबाट भारतको बिहार मोतिहारीको चैलाहा थाना ९ का महमद मैनुल कहलाई पक्राउ गरेको हो ।
मैनुलले कालो झोलामा लुकाएर ल्याएको ३४० थान पाँचसयका नोटसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।











प्रतिक्रिया