सदाबहार सहकारी १० बर्षमा

0
Shares

काठमाडौँ ।
खाडिचौरस्थित सदाबहार बचत तथा ऋण सहकारीको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बालशिक्ष्या माध्यमिक बिध्यालय खाडिचौरको प्राङणमा आज सम्पन्न साधारणसभाले सहकारीको बार्शिक प्रगती तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । प्रदेश साँसद शरेस नेपालले साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।

सहकारीको साधारण सभामा बोल्दै साँसद नेपालले सहकारी नै समृद्दिको आधार भएको भन्दै सहकारीलाई उत्पादनमा जोड्नुपर्ने बताउनुभयो । कार्यक्रममा बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामा, वडा नम्बर ५ का अध्यक्ष बिकाश श्रेष्ठ लगायत स्थानिय अगुवाहरुको उपस्थिती थियो । साधारण सभामा असल ऋणी तथा बचतकर्ता र ज्यस्ठ बचत कर्तालाई सम्मान समेत गरिएको थियो ।

संस्थाले एक बर्षमा सेयर पुँजीको २७ प्रतिशत नाफा कमाउन सफल भएको कोषाध्यक्ष दीपेन्द्र पौडेलले बताउनुभयो । आगामी दिनमा सहकारीको सेवाक्षेत्र बिस्तार गर्दै उत्पादनका क्षेत्रमा पनि लगानी बढाइने अध्यक्ष लालकाजी कार्कीले बताउनुभयो ।