धनवीर दाहाल, रुकुम ।
देशभरीका अन्य स्थानीय तह भन्दा पहिले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले गत असोज ११ गतेदेखी नगर अस्पताल संचालन गर्यो । औपचारिक रुपमा नगर अस्पतालको उद्घाटन गरियो । नगरपालिकाले नगर अस्पताल संचालन गरेको ३ महिना पुरा भएको छ ।
आठबिसकोट नगरपालिकाको साथै छिमेकी जिल्ला जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाँउपालिकालाई लक्षित गर्दै २५ शैयाको नगर अस्पताल संचालन भयोे । तर प्रयाप्त जनशक्ति अभावले गर्दा बिरामीले चर्काे मुल्यमा निजि स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य भएका छन् । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाले एक जना मात्र डाक्टरको व्यवस्था गरेको भएपनि २५ सैयाको अस्पताल संचालनका लागी अन्य जनशक्तिको अभाव भएको स्थानीयले बताएका छन् ।
२५ सैयाको अस्पताल भएपनि १५ सैया जति सेवा दिन पनि कठिनाई भएको अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ । बिद्युतको भरपर्दाे व्यवस्था नहुँदा एक्सरे गर्नका लागी पनि निजि स्वास्थ्य संस्थामा गएर बिरामीले चर्काे शुल्क तिरिरहेका छन् । निजि क्लिनिकमा ५०० रुपैंया तिरेर एक्सरे गरेको एक बिरामीले बताए । उनका अनुसार अस्पतालमा बिद्युत भोल्टेज नपुगेको भन्दै एक्सरेका लागी निजिमा पठाइने गरिएको छ ।
२५ सैयाको अस्पताल चलाउन गाह्रो हुने भएकोले डाक्टर लगाएतका जनशक्ति थप गर्नु पर्नेमा सो अस्पतालका डाक्टर दिलशाही रोकाले जोड दिनुभयो । उहाँले अपरेसन, ल्याप ओपिडीमा समेत जनशक्ति अभाव भएको बताउनुभयो । आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर के.सीले अस्पतालमा बिद्युतको समस्या हुन नदिन भने १०० केभीको जेनेरेटर खरिद गरिसकिएको र केही दिनमा बिद्युतबाट हुने काम नरोकिने जानकारी दिनुभयो । बिद्युत बिस्तार भएपनि भोल्टेज नपुग्दा अस्पतालमा बिद्युतबाट हुने काम बन्द भएको हो ।
जसले गर्दा बिरामी निजि क्लिनिकहरुमा चर्काे शुल्क तिर्न बाध्य छन् । साविक आठविसकोट स्वास्थ्य चौकी, दीपज्योती आधारभूत विद्यालय र कृषि सेवाको भवनलाई लिएर नगर अस्पत्ताल संचालन गरिएको छ । नगरपालिकाले गत आर्थिक वर्षको ८० लाख र चालु आर्थिक वर्षको ४० लाख गरी कूल एक करोड २० लाख लगानीमा अस्पताल संचालन गरेको हो ।











प्रतिक्रिया