दिपायल विमानस्थलको कालोपत्रेको काम अलपत्र

0
Shares

विमल बिष्ट, डोटी ।
गएको असार महिनामै कालोपत्रेको काम सक्नुपर्ने दिपायल विमास्थलको कालोपत्रेको काम हिजो आज अलपत्र परेको छ । निर्माण कार्यमा भएको ढिलाई र लापरवाहीका कारण विमानस्थलको कालोपत्रेको काम अलपत्र परेको स्थानियबासीको आरोप छ । संगै काम सुरु भएको अछामको शाफेबगर विमानस्थलको काम सकिएर परिक्षण उडान हुँदा पनि दिपायल विमानस्थलको कामले तिव्रता पाएको छैन । निर्माण व्यवसायी पनि विभिन्न वहान देखाउँदै पन्छिरहेका छन । विमानस्थल सुचारु भए पर्यटन प्रवद्र्धन हुने र आर्थिक समृद्धि हुने डोटीवासीको आशा अझै पुरा भएको छैन् ।

बिमान स्थल कालोपत्रेको काम अलपत्र पारीदा यहाँका स्थानियबासीहरु निकै आक्रोसित भएको दिपायलका स्थानिय उत्तम द्धारीयाले बताउनु भयो । ‘अछाममा जहाज चलिसक्यो डोटीमा जहाँज त के पिच पनि अलपत्र छोडेर ठेकेदार हराए उहाँले भन्नु भयो ‘पिच गराउने जिम्मा कस्को ।’

विमानस्थल सुचारु भए आवतजावत गर्ने यात्रुलाई छिटो छरितो हुने र जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रशार भएर आर्थिक समृद्धि हुने आसा बोकेका डोटी बासी समयमा काम नहुँदा निराश भएको डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकबहादुर खड्काले बताउनु भयो । बिगत १७ वर्षदेखि गौ चरणमा परिणत भएको डोटीको दिपायल विमानस्थलको पुनः निर्माण र कालोपत्रे गरिने कामा ढिलासुस्ती र लापरवाही भएको छ । विमानस्थलको पुन निर्माणको काम चलिरहेको भएपनि कालोपत्रे भने फगुनपछि मात्रै सुरु हुने कालोपत्रेको जिम्मा पाएका निर्माण व्यवसायी हर्क शाहीले बताउनु भयो ।

‘चिसोको समय भएकोले अहिले काम गर्न गारो भएको र चिसो सकिने बित्तिकै पिच गरीने छ , उहाँले भन्नु भया ‘काम अलपत्र छोडेका हैनो चिसोमा गरेकको पिच खासैकाम नलाग्ने भएकाले फागुन बाट पिच गर्ने छौ ।’ डोटीमा रहेका बिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भविष्य संगै अन्य पहाडी जिल्लाहरुको पर्यटन संग यो बिमानस्थल प्रत्यक्ष जोडिएकोले पनि छिटो निर्माण कार्य सक्नुपर्ने स्थानियबासीको माग रहेको छ ।

पर्यटकीय हिसावले भू–स्वर्ग मानिने खप्तड जनाको लागि पनि दिपायल विमानस्थलबाट दूरी छोटो पर्ने भएकाले आर्थिक समृद्धि ल्याउनको लागि पनि निर्माण कार्य र कालोपत्रे छिटो गर्नुपर्ने डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताउनु भयो । उता दिपायल विमानस्थल पुन निर्माणको काम हेरिरहेका ईन्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले काममा लापरवाही गरेका कारण कालोपत्रे गर्नमा ढिलाई भएको बताउनु भयो ।