प्रदेश ५ कृषि र पर्यटन प्रवर्द्धनबाट विकास सम्भवः मन्त्री चौधरी

0
Shares

प्यूठान ।
प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन् ।

बुधबार प्युठानको जुम्रीमा आयोजित आवधिक योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय सुझाव संकलन गोष्ठीमा मन्त्री चौधरीले प्रदेश ५ का १२ वटै जिल्लामा कृषि र पर्यटकिय क्षेत्रको व्यवस्थित बिकास गर्न यिनै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र वजेट बनाउने उनले बताए ।

मन्त्री चौधरीले प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानून निर्माणको प्रक्रियामै रहेको समेत जनाए। देश सरकार अहिले विभिन्न नीतिगत र कानुन निमार्णको प्रक्रियामै रहेको जानकारी गराए । कृषिको आधुनिकिकरण गर्न, कृषि क्षेत्रबाट रोजगारीको सिर्जना गर्न प्रदेश सरकारले अनुदानका कार्यक्रम अगाडी बढाएको मन्त्री चौधरीको भनाई छ ।

‘प्रदेशका १० वटा सहकारी मार्फत कोल्डस्टोर ५ वर्ष भित्रमा बनाउने योजनामा छौं, उनले भने, ‘लुम्बिनी आएका पर्यटकहरुलाई पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्धारी, बाग्लुङको ढोरपाटन लगायतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दैछौं ।’

प्रदेशले तयार गर्ने पाँचवर्षे आवधिक योजना तयार गर्न लक्ष्य, रणनीति र कार्यनीतिबारे सुझाव सङ्कलन समेत गर्यो । प्रदेश सरकारको गौरवको आयोजनामा प्यूठानको नौमुरे जलविद्युत् आयोजना र स्वर्गद्वारी केबलकार परेका छन् ।

बिजुली र सिँचाइलाई मुख्य प्राथमिकता दिइ गौरवको योजनामा परेको भौतिक पूर्वाधार मन्त्री चौधरीको भनाइ छ । त्यस्तै स्वर्गद्वारीमा केबलकार निर्माणका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडि बढाएको उनले जनाए । प्रदेश योजना आयोगका सदस्य पुष्प भुसाल लुइँटेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र हरि रिजाल, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सरकारी तथा गैरसरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यालय प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायत सहभागी थिए । लगायतका व्यक्तिको सहभागी रहेको थियो । भुसालले प्रदेश नम्बर ५ को आवधिक योजनाको क्षेत्रगत उदेश्य, रणनीति तथा कार्यनीतिहरू बारे संक्षेप्त बस्तुस्थितीबारे प्रस्तुति प्रस्तुत गरेकी थिइन् ।