निर्मला हत्याकाण्डः काठमाडौँबाट कञ्चनपुरका एक युवक पक्राउ

0
Shares

काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।

उनकाे नाम भने अहिले गाेप्य नै राखिएकाे छ । उनी लागूऔषध दुर्व्यसनी रहेकाे स्राेतकाे भनार्इ छ ।

विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो । तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।

उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ ।