सरिता चलाउने, सल्यान ।
चालु आर्थिक बर्षको झन्डै ६ महिना पछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । असार २५ गते सम्पन्न हुनु पर्ने नगर सभा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि र वडा अध्यक्षहरु बीच बजेट वाडफाड र केही नीति निर्माणका विषयमा विवाद हुदा ६ महिना पछि मंगलबार नगर सभा सम्पन्न भएको हो ।
लामो बिवाद र धेरै प्रयास पछि नगर प्रमुख गोविन्द कुमार पुनले निकै महत्वका साथ महत्वपूर्ण उपलब्धि मुलक र महत्वकाक्षिं निति तथा कार्यक्रम प्रस्तुत गदैै नगरसभा सम्पन्न भएको छ ।
नगरसभाले छ महिनामात्र बाँकी रहदा साढे ४७ करोड रकम विनियोजन गरेको छ । नगरसभाले २०७५÷०७६ का लागि कुल ४७ करोड ६७ लाख ४ हजार बजेट विनियोजन गरिएको नगरप्रमुख गोविन्द पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चालु तर्फ २९ करोड ९८ लाख ९२ हजार ५ सय ६२ र पुजि गत तर्फ १७ करोड ६८ लाख ११ हजार ५ सय ३७ बजेट विनियोजन गरिएको छ । नगरसभाले स्वास्थ्य, खानेपानी,पर्यटन, सिचाईलाई प्राथमिकतामा राखेको छ ।

चालू तर्फ स्वास्थमा १ करोड २६ लाख , खानेपानीमा १ करोड ५५ लाख ८३ हजार ७ सय ७४, कृषि पशु ८० लाख, उद्योग तथा वाणिज्यमा ७० लाख, पर्यटनमा ५० लाख, सहकारी १० लाख, सामाजिक विकास तर्फ शिक्षामा २ करोड २० लाख ३५ हजार , धर्म संस्कृती प्रर्वद्धनमा १३ लाख १० हजार रकम विनियोजन गरिएको उपप्रमुख मञ्जु यरीले बताउनु भयो ।
यस्तै खेलकुद तथा मनोरञ्जन १० लाख, लैङ्गिक समानता तथा समाजिक समावेशीकारणमा ७० लाख, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलमा ७ करोड ७२ लाख २ हजार ७ सय २६ , सिचाइमा ३३ लाख ५० हजार, भवन तथा विकास निर्माणमा ८२ लाख ५५ हजार, उर्जा तथा वैकल्पिक उर्जा १ करोड ४ लाख, वन तथा भु– संरक्षण १० लाख, जलाधार संरक्षण १५ लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन २० लाख, फोहोर मैला तथा ढल व्यवस्थापन ५ लाख, विपद व्यवस्थापनमा ६० लाख, सामान्य सेवामा २ करोड ९१ लाख,३२ हजार ५ सय बजेट विनियोजन गरिएको छ । निर्धारित समय भन्दा ६ महिना ढिला बसको नगरसभाले विनियोजन गरेको रकम कार्यन्वयनमा केही चुनौती रहेपनि सबै एकतावद्ध भएर लागु सम्पन्न हुने नगरप्रमुख पुनको भनाई रहेको छ । यसबाट प्रत्यक्ष नागरिक लाभान्वित हुने खालका कार्यक्रम समेटिएको छ ।
लामो समय सम्मको बिवाद र ढिलै सन्चालन भए पनि नगर सभा निकै शान्त र मर्या्दित ढंगबाट सभा सञ्चालन भएको थियो । उक्त वजेड प्रस्तुत गर्दै उप मेयर मञ्जु यरिले ढिला भए पनि नगरको विनियोजन वजेटबाट समुचित विकासमा कोसेढुङगा साबित हुने वताउनु भयो ।
साथै २ दर्जन वढि ऐन, कानुन, कार्य्विधि, विधेयक पास गरेको छ । अब देखि नगरका सम्पूर्ण काम काजले गति लिने संकेत देखिएकोमा नगरवासि खुसि वनेका छन् ।











प्रतिक्रिया