भन्सार छलेको आरोपमा दुईजना पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
अबैध रुपमा भन्सार छली अटो रिक्सामा ल्याउदै गरेको कपडा सहित एक महिला र एक पुरुष पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल न.पा. १४ बस्ने ३० बर्षकी मुस्कान गुप्ता र भारत पुर्वी चम्पारण रक्सौ न.पा. ९ बस्ने ३६ बर्षका सहबुदिन खान रहेका छन् ।

सशस्त्र प्रहरी गुल्मबाट खटेको गाडी मोबाइल डिउटी टोलीले वीरगन्ज १६, रजतजयन्ती चौकबाट ना. २ ह. ८५२ नम्बरको अटो रिक्सामा भारत रक्सौलबाट वीरगन्ज तर्फ ल्याउदै गरेको कपडा सहित दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पाईन्टको कपडा १९६ मिटर, बनारसी साडी १६ पिस, उनि कुर्ता सुरुवाल २७ पिस, कडाई कुर्ता सुरुवाल ५६ पिस, उनि लेगिज ४० पिस र टेण्ट कपडा ७ थान सहित दुबै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी गुल्मले जनाएको छ ।