आश्रम निर्माणका लागि महायज्ञ

0
Shares

काठमाडौं ।
अनाथ, असाहय, टुहुरा तथा परिवाररहित बृद्धहरुको संरक्षणका लागि आश्रम निर्माण गर्ने उद्येश्यले आगामी सोमबारबाट पौष २ गतेसम्म काठमाडौंको वडा नम्बर ९ मा श्रीमद् भागवत ज्ञान महायज्ञ लगाइने भएको छ ।

आयोजक संस्था माँ हारती बज्रयोगिनी प्रतिष्ठान सिफलले आयोजना गरेको महायज्ञमा बाल ब्यास आचार्य पण्डित रामहरी अधिकारी कथा बाचन गर्नुहुने छ । काठमाडौ–९ सिफल चौर पानी ट्यांकीमा लाग्ने महायज्ञमा संकलित रकम समाजसेवामा नै खर्च गरिने आयोजक संस्थाकी प्रतिक्षा खड्काले बताउनुभयो । आयोजकले ‘सेवा नै धर्म हो, दान नै पुण्य हो र पुयण् नै जीवन हो’ भन्ने मुल नारा बनाएको छ ।

कथा प्रवचन, रुद्राभिषेकका साथै ग्रह शान्ति मोचन गरिने पनि जनाइएको छ । ‘समाजमा केही राम्रो काम गरौं भन्ने उद्येश्यले महायज्ञको आयोजना गरेका हौं’ अध्यक्ष खड्काले भन्नुभयो ‘सबैको सहभागितामा कार्यक्रम सफल बनाउने लक्ष्य लिएका छौं, सामाजिक कार्य भएकाले सहयोगी हातहरुलाई महान कार्यमा लाग्नसमेत अनुरोध गर्दछु ।’