हिज्बुल्लाहद्वारा निर्मित सुरुङ नस्ट गर्ने


जेरुसलम (एजेन्सी)
इजरायलले लेबनानसँग जोडिएको सीमामा घुसपैठका लागि निर्माण गरिएका सुरुङ नष्ट गर्न एक सैन्य अभियान सुरु गरेको छ । ती सुरुङहरु लेबनानमा रहेका लडाकु समुह हिज्बुल्लाहले तयार गरेको बताइएको छ ।

इजरायल सुरक्षाबल आइडीएफले ट्विटमा भनेको छ, हामीले हिज्बुल्लाहद्वारा लेबनाबाट इजरायल तर्फ सीमा पार हमला गर्न खनिएका सुरुङ ध्वस्त पार्न ‘नदर्न सिल्ड‘ अभियान शुरु गरेका छौं ।

स २००६ मा लेबनानसँगको युद्धपछि हिज्बुल्लाहले ब्यापक रुपमा भुमिगत आधारभुत संरचना विकसित गर्न थालेको र सन् २०१२ मा ‘कन्करिंग द गेलिली‘ अभियान शुरु गरेको आइडीएफका प्रवक्ता कोनिरिक्सले बताए ।

दुई बर्ष पछि इजरालले उक्त समुहले हमाससँग सुचना आदान प्रदान गरिरहेको र उसले इजराल र इजिप्टसँग गाजापट्टीको सीमामा शक्तिशाली भुमिगत आधारभुत संरचना पनि विकसित गरेको थाहा पाएका थिए । उक्त सुरुङहरुले इजरायली सम्प्रभुताको स्पष्ट उलंघन गरेको र हिज्बुल्लाहद्वारा संयुक्त राष्टको उपेक्षा गरेको प्रष्ट भएको जोनाथनले बताए ।