‘रेसिङ डीएनए’ भएको नयाँ यामाहा आर १५ भी ३ अब नेपालमा

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस्बाइक आर १५ (भर्सन ३.०) सार्वजनिक गरेको छ ।

नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ, जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ ।

सन् १९९८ मा यामाहा आर १ लन्च भएपछि शुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर १५ भी ३ मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फमेन्स दिने फिचर राखेको छ । यसमा अधिकतम् कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ, जसले १० हजार आरपीएममा १९ दशमलव ३ पीएसको पावर र ८ हजार ५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर १५ भी ३ को प्रारम्भिक मँल्य चार लाख १९ हजार नौ सय कायम गरिएको कम्पनीले जनाएको छ ।