भन्सारमा प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउन्टर

0
Shares

काठमाडौं, (नेस)
नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयमा बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयमा बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

भन्सार विभागका महानिर्देशक तोयम रायले जलेश्वर भन्सार राजस्व संकलन काउन्टर उद्घाटन गर्नुभयो । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेनसन काउन्टर सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरेका थिए ।

सबैभन्दा ठँलो व्यापारिक साझेदारको रुपमा रहेको राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउन्टरको सेवाबाट सम्बन्धित भन्सार कार्यालयको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापमा बढोत्तरी हुन गई राजस्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।