बारा वनका दोषीलाई कहिले हुन्छ कारबाही ?

0
Shares

गोकुल घोरसाइने, बारा
जिल्ला वन कार्यालयले चासो नदेखाउदा सहजनाथ साझेदारी वन व्यवस्थापन समितिमा काठ हिनामिना गर्ने कर्मचारीमाथि कारबाही हुन सकेको छैन ।
साझेदरी समितिको घाटगद्दि स्थानबाट सखुवाको २ सय ५४ दशमलव ३४ क्विफिट काठ अवैध बिक्र्र्री गरेको आशंंकामा जिल्ला वन कार्यालय बाराले सहायक वन अधिकृत अमरदेव यादवसग एक बर्षअघि एकपटक स्पष्टिकरण मागेको भए पनि थप कारवाही अघि बढेको छैन । जिल्ला वन कार्यालयका तत्कालीन वन अधिकृत भैरवप्रसाद घिमिरेले सहायक वन अधिकृत यादवलाई घाटगद्दि स्थानबाट हराएको काठ सम्बन्धमा खुलाइ पेश गर्न गत बर्षको चैत्र २७ गते पत्रचार गरेका थिए ।

तर यति लामो समय बितिसक्दा पनि न यादवले कार्यालयमा कुनै जानकारी गराएका छन न त कार्यालयले नै कारवाही प्रकृया थप अघि बढाएको छ । बरु उल्दै दोषि आशंका गरिएका सहायक वन अधिकृत यादवले केही दिनअघि पुन बारा जिल्ला फक्र्रिएर हाल प्रदेश नम्बर २ वन मन्त्रालयमा सरुवा मिलाएका छन । उता जिल्ला वन कार्यालय पनि दोषि पत्ता लगाएर कारवाही गर्नेतर्फ उदासिन देखिएको सर्वसाधारणको आरोप छ ।

जिल्ला वन अधिकृत ज्ञानेन्द्र मिश्रा साझेदरी वन व्यवस्थापन समितिमा हुदै आएको अनियमिता बारे छानविन भइरहेको बताउछन । ‘ठुलो परिमाणको काठ हराएको देखियो, मिश्राले भने छानविन समितिले प्र्रतिवेदन बुझाएपछि कारवाही अघि बढछ ।’ साझेदारी वन क्षेत्रमा ०७३ सालदेखि भएको भनिएको अनियमिता बारे ४ सदस्यीय कार्यदलले छानविन गरिरहेको पनि उनले जानकारी दिए ।

काठ हिनामिना बारे छानबिन चलिरहेको अवस्थामा जिल्ला वन अधिकृत घिमिरेको अन्यत्र सरुवा भएपछि यो प्र्रकरण ओझेलमा परेको हो । घिमिरेले पत्र पाएको मितिले ३ दिनभित्र हराएको काठबारे जानकारी दिन अन्यथा नियमअनुसार कारवाही हुने चेतावनीसहित यादवलाई पत्राचार गरेका थिए । सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको वन क्षेत्रबाट संकलन÷बरामद भएको र उपभोक्तामा बिक्र्री वितरण गरी बाकी रहेको काठ सेक्टर वन कार्यालयका कर्मचारीको मिलिमतोमा बाहिर चोरी बिक्री भएको आशंका छ ।

जिल्ला वन कार्यालयका अनुसार बाडफाडको क्र्रममा साझेदारी समितिको भागमा परेको १ सय ४१ थान गोलियाको १ हजार २५ दशमलव ९१ क्विफिट काठ उपभोक्तामा बिक्री सहमति लिएर सेक्टरका कर्म्रचारीहरुले ४ सय ८८ दशमलव ५७ क्विफिट काठ मात्र बिक्री गरी बाकी काठ हिनामिना गरेको बताइएको छ । साझेदारी समितिले गत फागुन ३० गते पत्रमार्फत ४ सय ८८ दशमलव ५७ क्विफिट काठ उपभोक्तामा वितरण र घाटगद्दि स्थानमा २ सय ८३ क्विफिट काठ मात्र मौजाद रहेको कार्यालयमा जानकारी दिएपछि काठ हिनामिनाको पोल खुलेको हो ।

कार्यालय स्रोतका अनुसार कर्मचारीको मिलेमतोमा समितिको भागमा रहेको मध्ये २ सय ५४ दशमलव ३४ क्विफिट काठ अवैध बिक्री भएको छ । अधिकृत घिमिरेले बिक्री÷वितरण र घाटगद्दी स्थानमा पनि मौजाद फेला नपरेपछि खोजबिन शुरु गरेको बताए । उनले सरुवामा परेपछि उक्त घटनामा कारवाहीको अवस्था बारे आफुलाई कुनै जानकारी नभएको पनि बताए ।