कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज स्थित शंकराचार्यद्धारको जिर्णोधार गर्दै वीरगन्ज महानगरपालिकाले शौन्दर्र्यीकरण गरेको छ । महानगरपालिकाको सौन्दर्यीकरणले वीरगन्ज रक्सौल सिमाक्षेत्रको शंकराचार्यद्धार अहिले सेल्फी स्थलको रुपमा परिणत भएपछि मंगलबार महानगरपालिकाले यसक्षेत्रको सौन्दर्यीकरण गर्दै द्धार अगाडि राष्ट्रिय झन्डाको स्थापना गरेको छ ।
विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा अंगे्रजी भाषाको डिजिटल बत्तीलगाइए छ ।निर्माण गरिएको पानीको फोहरामा भगवान पशुपतिनाथको मुर्ती स्थापना गर्ने योजना समेत रहेको महानगपालिकाले जनाएको छ ।
आर्थिक नगरी एवम मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगन्जलाई राष्ट्रिय गौरवको रुपमा चिनाउन महानगपालिकाले यसक्षेत्रको विकास गरेको हो । शंकराचार्यद्धार सौन्दर्यीकरणको उदघाटन नगर प्रमुख वीजयकुमार सरावगी मगंलबार गर्दै यसक्षेत्रलाई गुरुयोजना अन्तर्गनै विकास गरिने बताए । वीरगन्ज उधोगवाणिज्य संघका अध्यक्ष एवम प्रदेश सभासद ओमप्रकाश शर्मा ,वीरगन्ज भन्सार कार्यालयका प्रमुख श्याम प्रसाद भन्डारी,सिमाजागरण मञ्च भारत विहार प्रदेशका अध्यक्ष महेश अग्रवाल लगायतका वक्ताहरुले वीरगन्ज रक्सौल सिमाक्षेत्रमा रहेका समस्याहरुको बारेमा दुबै सरकारको ध्यानाकर्षण गराउदै भौतिक विकासका कार्यहरु जस्ता विषयमा जोड दिएका थिए ।
महानगरपालिकाले शंकराचार्यद्धारको सौन्दर्यीकरण गरेपछि केहि समय देखि यो क्षेत्र सेल्फीसाइटको रुपमा परिणत भएको छ ।केहि सयमयता भारतबाट नेपाल प्रवेश गर्नेहरुको लागी वीरगन्जको शंकराचार्यद्धार सेल्फीस्पौट बनेको हो ।











प्रतिक्रिया