सवारी दुर्घटनामा एकको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको वीरगन्ज पोखरीया सडकखण्डमा भएको सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल र म्याजिक भ्यान ठोक्किंदा पोखरीया नगरपालिका वडा नं ९ का २४ वर्षीय रामनारायण मुखियाको मृत्यु भएको हो ।

वीरगन्जबाट पोखरीया गइरहेको ना१ज ८०२४ नम्बरको म्याजिक भ्यान बिहान अनियन्त्रित भइ विपरीत दिशाबाट आइरहेको ना१२प ५३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।घटना स्थलमा प्रहरी ढिलो आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले वीरगन्ज पोखरीया सडकखण्ड अवरुद्ध पारेका थिए । सडक अवरुद्ध हुँदा आवागमनमा भने समस्या भएपनि अपरान्हबाट सडक संचालनमा आएको पर्सा प्रहरीले जनाएको छ ।