सरिता चलाउने, सल्यान ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संगौलाले निर्मलाका हत्यारालाई सजाय दिलाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । प्रेस युनियान सल्यानले मंगलबार सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहनु भएकी संग्रौलाले सरकार कुर्सिमा बसेर दुईतिहाईको दम्ब देखाउदै अपराधी र बलात्कारीलाई सजाय दिनुको साटो संरक्षण दिईरहेको भन्दै निर्मलाले अहिले सम्म न्याय नपाएले राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
‘निर्मलालाई न्याय देउ, अपराधीलाई सार्वजनिक गर, उहाँले भन्नु भयो‘, अपराधीलाई सार्वजनिक नगर्ने मुलुकको गृहमन्त्रीले राजीनामा दिनुपर्छ‘, नयाँ युगको सुरुवात हत्या हिंसा बलात्कार गरेर मात्र हुदैन,’ निर्मला पन्तको बलात्कार पछि हत्या भएको महिनौँ दिन वित्दा पनि हत्यारा पत्ता नलाग्नुमा सरकारकै संलग्नता भएको आरोप समेत लगाउनु भयो ।
निर्मलाको न्यायको लागी सडकमा पोस्टर टाँस्दा जबरजस्ती पोस्टर च्यातियो उहाँले भन्नु भयो,“ ‘न्यायको पोस्टर टाँस्नु लज्जासपद कुरा हो,“ न्याय नभएको देश हो, न्या मरिसकेको छ, हजारौ निर्मलाहरु बलातकृत छन, । अपराधी र बलात्कारीलाई जसरी पनि सार्बजनिक गरी पिडीतलाई न्याय दिन उहाँले आग्रह गर्नुभयो ।
अर्को फरक प्रसंगमा उहाँले सरकार असफल बनाउने खेलमा लागीरहेका आरोप लागाउनु भयो । जनताले बिकासको अनुभुति गर्न नपाएको भन्दै उहाँले गरिबको ढाड सेक्ने गरी चर्को मुल्यको उपहार दिएको बताउनु भयो ।
अहिलेको सरकारले शुसान होईन, कुशासन ल्यायो उहाले भन्नु भयो– आम जनतामा कुठाराघात भएको छ, । अहिलकोे सिंगो सरकार अपराधी र बलात्कारी सँग मिलेर काम गरिरहेको बताउनु भयो ।











प्रतिक्रिया