काठमाडौं ।
जुवातास खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौं नयाँबस्तीस्थित पूर्वेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० कपन बस्ने बारा सिमरा उपमहानगरपालिका(१५ का ४२ वर्षीय राजकुमार तिवारी सहित १३ जना रहेका छन् । उनीहरुबाट १६ थान कौडा र नगद ५ लाख ३१ हजार ४ सय ८० रुपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया