काठमाडौं ।
दाङ, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
दाङ घोराही उपमहानगरपालिका(१० सौडीकुला स्थित सडकमा रा।३ प ५१८३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही उपमहानगरपालिका जलौरा बस्ने १७ वर्षीय भिमशेन थापाको स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि भैरहवातर्फ लगिएको छ ।
सुनसरी ईनरुवा नगरपालिका(३ स्थित सडकमा को।१ख ५२४१ नम्बरको बसले आइतबार साँझ सोही नगरपालिका बस्ने ४० वर्षीय पैदल यात्री बौका साहालाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली टिकापुरबाट कालाकुन्डतर्फ जाँदै गरेको गोरु गाडामा लु ७३ प १९९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा आइतबार राति गम्भीर घाइते भएका सोही नगरपालिका(७ बस्ने मोटरसाइकलमा सवार २१ बर्षीय बिष्णु रिमाल र २३ बर्षीय दिवानन्द कोईरालाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागी नेपालगंज लगिएको छ । गोरु गाडा सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया