रामधन राई, खोटाङ ।
मंसिर–१७, खोटाङको फरक–फरक स्थानमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुस्थित मोलवहादुर राई र रावावेंसी गाउँपालिका–२ खार्पास्थित दाजुभाई ईश्वरवहादुर मगर र लोकवहादुर मगर वसोवास गर्दै आएको घर आईतवार राती जलेर नष्ट भएको हो ।
आगलागी हुँदा दुर्छिमका राईको साँढे ६ लाख रुपैंया तथा मगरद्वय वसोवास गर्दै आएको घर जल्दा ५ लाख रुपैंयाँ वरावरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । मगर दाजुभाई छुटिएको भए पनि एउटै घरको फरक–फरक कोठामा वसोवास गर्दै आएका थिए ।
दुवै घर खरको छानो भएको थियो । राईको घरमा लागेको आगो नियन्त्रणको लागि हलेसी प्रहरी र स्थानीय तथा मगरद्वयको घरमा खार्पा प्रहरी खटिएका थिए ।
राईको घरमा आगलागी हुनका कारण खुल्न सकेको छैन । मगर दाजुभाईको घरमा भने करिव राती ८ वजेको समयमा भान्सा कोठावाट आगो सुरु भएको थियो ।











प्रतिक्रिया