धनवीर दाहाल, रुकुम पुर्व ।
बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि राष्ट्रिय स्तरमा बिभिन्न स्तरबाट विभिन्न शैक्षिक कार्यव्रmम सञ्चालन भइरहेका छन् । शिक्षण सिकाइ, पढाइ सामाग्रीहरु र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने बिश्वासका साथ रुकुम पुर्वमा भने पहिलो पटक पढाई मेलाको आयोजना गरिएको छ । बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पुर्याउने लक्ष्यका साथ रुकुम पुर्वमा पढाई मेला लगाइएको हो ।
अभिभावकहरुले शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ सुधार, पढाइ सुधार, शैक्षिक वातारण सुधार गर्नमा पढाई मेलाले अभिप्रेरित गर्ने बिश्वास गरिएको स्थानीय शिक्षक बिष्णु शर्माले बताउनुभयो । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षाको प्राविधिक सहयोग तथा मिक नेपालको आयोजनामा भएको पढाई मेलाले आधारभूत तहका विधार्थीहरुमा सफाई, खुवाई, पढाई, सिकाईको सिप विकास गर्नमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने मिक नेपालका अध्यक्ष भिउमान घर्तीको भनाई छ ।

पढाइ मेलाले वातारण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवम् सुधार गर्न मद्दत पुग्ने भएकोले सबै स्थानीय तहले बिशेष प्राथमिकतामा राखेको भुमे गाँउपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत पढाइ मेला आयोजना गरिएको हो ।
विद्यार्थीहरुको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाई मेलाले दिएको छ । मेलामा अहिले सम्म मिक नेपालले गरिराखेको विद्यालयहरुमा सहयोग पढाइ सामाग्री तथा पाथय पुस्तक पनि प्रदर्शन गरिएको थियो । मेलामा बिद्यार्थीहरुले कथा बाचन, शुद्द शब्द बाचन, नृत्य प्रतियोगिता राखिएको थियो । रुकुम पूर्वका ७३ वटा आधारभूत विद्यालयहरुमा कार्यक्रम संचालन भएपनि २४ वटा विद्यालयको सहभागिता मेलामा रहेको थियो ।
पढाइ मेलाले विद्यालय तथा विद्यार्थीलाई थप हौसला प्रदान गरेको विश्व शिक्षा कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत प्रमोद बिष्टले बताउनुभयो । जिल्ला समुन्वय समिती रुकुम पुर्वका प्रमुख गजेन्द्रबहादुर ओलीले नयाँ जिल्लाको शैक्षिक विकासका लागी पढाई मेला राम्रो कोसेढुंगा हुने बताउनुभयो । पढाई मेलाले पनि बिद्यार्थीको पढाई मापनमा राम्रो सहयोग गरेको उहाँको भनाई छ ।
रुकुम पुर्व र रुकुम पश्चिममा संचालित यो कार्यक्रमले बिद्यार्थीको पढाईमा सहयोग पुर्याएको मिक नेपाल कार्यक्रम संयोजक सिता बिष्टले बताउनुभयो । कथा बाचनमा प्रथम स्थान सिस्ने गाउँपालिकाकी रिता बुढा, दोस्रो भुमे गाउँपालिका ८ कोर्जाका प्रदिप रोका, तेस्रो पुथाउत्तर गंगा गाउँपालिकाकि सुस्मिता भएका थिए ।
त्यसै गरि शब्द बाचनमा प्रथम भूमे ३ मोराबाङका दिपक कुवँर , दोस्रो सिस्ने गाउँपालिकाका गोबिन्द घर्ती तथा तेस्रो सिस्ने २ निरज बिकले स्थान प्राप्त गरे र नृत्य प्रतियोगितामा प्रथम भूमे ५ सेराबाङ, दोस्रो बालचेतना आधारभूत विद्यालय सिस्ने २ र तेस्रो स्थान हिमसिखा आधारभूत विद्यालय सुदृले प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । स्थान प्राप्त गरेका बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।











प्रतिक्रिया