कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज १६ का ओम साह तेली र ज्याउल अंसारीलाई पर्सा प्रहरीले आइतबार पक्राउ ग¥यो । उनीहरुले चलाइरहेको ना.५४ प.९३८६ नम्बरको मोटरसाइल चेक गर्दा लागू औषधहरु फेला परे । भर्खर दुई दशकको हाराहारीमा मात्रै रहेका यी दुई युवकहरु लागू औषधको कुलतमा परेका थिए । उनीहरुले आफुहरुले नियमित रुपमा लागू औषधत्र सेवन गर्ने गरेको बताएको पर्सा प्रहरीको दाबी छ यद्यपी उनीहरु लागू औषधको कारोबारी भएको आरोपमा पर्सा प्रहरीले पक्राउ ग¥यो र सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गरेको छ ।
उनीहरुले लागू औषध प्रयोगकर्ता सहित कारोबारी पनि भएको आशंकामा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । प्रहरीले उनीहरुकोसाथबाट लागू औषध फेनार्गन,नुरफिन लगायत बरामद गरेको छ । सानै उमेरमा यी युवकहरु कुलतमा पर्नुको पछाडी थुप्रै कारण हुन सक्ने प्रहरीको बुझाइ रहेको छ। भारतको रक्सौलबाट उनीहरु लागू औषध खरिद गरेर वीरगन्ज आउनेक्रममा प्रहरीको फन्दामा परेका थिए । उनीहरुलाई प्रहरीले लागू औषधको कारोबारीको आशंका गरेपनि उनीहरु प्रयोगकर्ता भएको बुझिएको छ ।
प्रहरीले अर्का एकजना बिजय परियारलाई पनि लागू औषध सहित पक्राउ गरेको छ । उनी उमेरले अली बढी भएपनि उनीपनि कुलतमा नै फसेको हुन सक्ने आशंका छ । पर्सा प्रहरीले सबैभन्दा बढी अहिले लागू औषधमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्ने गरेको छ । दिनैपिच्छे जस्तो लागू औषध रक्सौलबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गर्ने गरेको छ । पक्राउ परेकाहरु सबै कारोबारी भएको प्रहरीको दाबी रहेपनि उनीहरु अधिकांश सेवनकर्ता रहेका छन् ।
घर परिवारसँग झगडा भएर,प्रेममा असफल भएर र बावुआमाको झगडाका कारण किशोरकिशोरीहरु इस्तो लतमा पर्ने गरेको आफूले अनुसंधानका क्रममा पाएको जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँटका एकजना प्रहरी सहायक अधिकृतले बताए । पर्सामा लागू औषध बिरुद्ध भन्दै करिब आधा दर्जन संघसंस्था कृयाशिल रहेका छन् यद्यपी प्रयोगकर्ताहरुको संख्या भने बढ्दै गइरहेको छ ।











प्रतिक्रिया