काठमाडौँ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको संरचना महासन्धिको २४ औँ सम्मेलनमा भाग लिन जानुभएकी भण्डारी आज सम्मेलनको पहिलो दिनमा पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नुभएको हो ।
उक्त सम्मेलन पोल्याण्डको कातोबीचेमा आज मंसिर १६ देखि २८ गते सम्मका लागि शुरु भएको छ ।
विश्वका १९६ मुलुकका करीब ३० हजार व्यक्तिले भाग लिने यस सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा लिइएको छ ।
राष्ट्रपति भण्डारीले सोमबार राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेससंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच मङ्गलबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ ।











प्रतिक्रिया