काठमाडौं ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत सहसचिव डा. तारानाथ पौडेल घुससहित पक्राउ परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले १ लाख घुससहित पक्राउ गरेको हो ।
उनलाई आइतबार साँझ ६ बजे पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।
उनी लोक सेवा आयोगको लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्तामा पास गराईदिने भन्दै घुस लिइसकेको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ ।
पौडेलमाथि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।











प्रतिक्रिया