काठमाडौं ।
काठमाडौंमा जारी ‘एसिया प्यासिफिक समिट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गुड लिरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गर्नुभएको छ ।
उक्त अवार्ड आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो ।
संस्थाकी प्रमुख हक जा हन मुनले ओलीलाई अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी हुन् ।
अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त रकम युवाहरुको क्षमता विकासमा लगानी गर्ने बताएका छन् ।











प्रतिक्रिया