निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा विरोध प्रर्दशन

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा निर्मला पन्तका हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै ( आइतबार) विरोध प्रर्दशन भएको छ ।
कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्त बलात्कार पछि हत्या भएको लामो समय वितिसक्दा समेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वको नेकपा र अखिल क्रान्तिकारीले सल्यानको श्रीनगरमा विरोध प्रर्दशन गरेको हो ।


निर्मलाका हत्यारालाई कारवाही गर, विधिको शासन लागु गर, निर्मलाका परिवारलाई न्याय दे लगायतका नारा लेखिएका प्लेकार्ड वोकेका प्रर्दशनकारीले नारा लगाउदै श्रीनगर बजार परिक्रमा गरेका थिए ।

विरोध प्रर्दशनमा विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोशाकमै सहभागि भएका थिए । विरोध प्रर्दशन पछि आयोजित कोण सभामा बोल्दै नेकपा सल्यान इन्चार्ज विश्वले सरकारका उच्च तहका व्यक्तिबाटै निर्मलाको बलत्कार भएकाले सरकारले तिनको बचाउ गरि रहेको बताए ।

एक बलात्कृत किशोरीलाई न्याय दिन नसक्ने सरकारले जनतालाइ पनि न्याय दिनेमा आफु विस्वस्त नभएको बताए ।
सकारले निर्मलाका हत्यारालाई कारवाही गर्न नसके आफ्नो पार्टीले हत्यारा पत्ता लगाउने र जनताकै अघि कारवाही गर्ने चेतावनी दिए ।