सल्यानमा लैङ्गिक हिंसा विरुद्धकोे अभियानमा प्रतिबद्धता सहितको हस्ताक्षर

0
Shares

सरिता चलाउने, सल्यान ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सल्यानमा सरोकारवालाहरुले प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गरेका छन । नोभेम्बर १५ देखि डिसेम्बर १० सम्म सन्चालन भैरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जिल्लाका सरोकारवाला, संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु र बिभिन्न ब्यक्तिहरुले प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गरेका हुन ।

लैङ्गिक हिंसा र दुरव्यबहार छैन हामीलाई स्वीकार्य, महिला पुरुष बराबर, सम्मान ईज्जतको भागिदार नाराको ¥याली सहित उनिहरुले म हिंसा गर्दिन, हिंसा सहन्न, म हिंसा भएको देखेभने प्रतिबाद गर्छु भन्दै उनिहरुले प्रतिबद्धता सहित हस्ताक्षर संकलन गरेका छन । जिल्ला समन्वय समिती सल्यानको आयोजना तथा शारदा नगरपालीका सल्यान र बिभिन्न संघ सस्थाको सहकार्यमा भएको कार्यक्रममा लैङ्गिक हिंसा न्युनिकरण होईन अन्त्य गर्ने भन्दै आईतबार सदरमुकाम खलंगाको बसपार्कमा ¥याली, सडक नाटक र पन्चेबाजा सहतिको एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गरेका हुन ।


कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सदस्य कौसिला खत्रीले समाजमा अहिले सम्म धार्मिक सोचले गर्दा नै हिंसा भएको बताउनु भएको छ । समाजमा महिला मात्र हिंसा पिडीत नभएर जेष्ठ नागरीक र बालबालीका पनि पिडीत भएको भन्दै उहाँले कानुनमा भएका कुरालाई पालन गर्दै सोच बिचारलाई परिबर्तन गर्नुपर्ने बताउनु भयो । प्राय महिलाहरुले तिन कुरामा हिंसा भोगीरहेका हुन्छन, मानसिक, समाजीक, आर्थिक हिंसा बाट पिडित भैरहेका छन उहाँले भन्नु भयो, हिंसाले परिवार, समाज र देशलाई नै नराम्रो प्रभाब पार्छ,

हिंसा कुनै बाहिरको ब्यक्ति बाट नभै आफन्त बाट नै हुन सक्ने भएकाले यसलाई न्युनिकण मात्र नभएर अन्त्य नै गर्नु पर्ने उहाँले बताउनु भयो । कर्णाली प्रदेशमै सबै खाले हिंसा अन्त्य गर्नको लागी मिडिया लगायत सबैले आ– आफ्नो ठाउँबाट भुमिका खेल्न कर्णाली प्रदेशका सदस्य खत्रीले आग्रह गर्नुभयो ।

जिल्ला न्याधिस मदन बहादुर धामीले लैङ्गिक हिंसा सम्बन्धी कानुन बनेपछि सबैले आकांक्षा गरेको तर लक्ष्य प्राप्त गर्न नसकेको बताउनु भयो । सबै मानिस स्वतन्त्र भएकाले जुनसुकै मानिस बर्गिकृत भएपनि सबैले सम्मान ब्यवहार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो, हाम्रो बिचार स्वतन्त्र छ, हाम्रो रोजाई स्वतन्त्र छ, सबैको ईज्जतको सम्मान गर्नुपर्छ भन्ने मान्यता हो, आचार, व्यबहारलाई परिबर्तन गरेर सस्कारको बिकास ग¥यौ भने सबै हिंसा कम हुदै जाने न्याधिस धामिले बताउनु भयो ।

हिंसा हुनु भनेको कानुन भन्दा बाहिरको कुरा भएकाले यस्ता हिंसा हुन नदिन सबै सचेत हुनु पर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनु भयो । लैङ्गिक हिंसा १६ दिने अभियान मात्र नभएर ३ सय ६५ दिन रात नै अभियान हुने उहाँले बताउनु भयो । अभियानमा सिमित मात्र नभएर सोच र ब्यवहार परिबर्तन गर्न जरुरी रहेको प्रजिअ ढकालले बताउनु भयो ।

जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सल्यान उधोग बाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउने, ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी लागयतकाले बोल्नु भएको थियो । जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रसाद बुढाथोकीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन निमित जिल्ला समन्वय अधिकारी मोहन खडकाले गर्नुभएको थियो ।