धादिङ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको नवनिर्मित भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै धादिङ ट्राफिक प्रहरीले नयाँ भवनबाट उत्कृष्ट सेवा प्रदान गर्न सके मात्र भवन प्राप्तको सान्दर्भिकता खुल्ने बताउनुभयो । नयाँ भवनसँगै प्रहरी कर्मचारीको सोच र कार्यशैलीमा नयाँपन, चुस्तता र सम्पादन गर्ने कार्य तथा सेवा प्रवाहमा समेत नवीनता प्रदान गर्ने प्रतिबद्धता हुनुको साथै अबको सेवा हिजोको भन्दा उत्कृष्ट हुनै पर्नेमा उहाँले जोड दिनुभयो ।
सुरक्षा प्रहरीको जिम्मेवारी भएतापनि समुदायका हरेक वर्गका नागरिकको सहभागिताको अनिवार्य आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीले “समुदाय(प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस कार्यमा सबै पेशाकर्मी, व्यवसायी र आमनागरिकको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी समाजको आवश्यकता, विश्वास, भरोसा र सहयोगमा परिचालित संगठन भएकोले परिवर्तित समय अनुसार अझ परिस्कृत एवं व्यावसायिक प्रहरी सेवाद्वारा जनताको अपेक्षा पूरा गर्न हमेशा कर्तव्यरत रहेको बताउनुभयो ।

नागरिककै विश्वास र सदासयता तथा कर्मठ प्रहरी कर्मचारीहरूको अथक प्रयासबाट नेपाल प्रहरी संगठनले हालै अन्तर्राष्ट्रिय अवार्डहरू समेत पाउन सफल भएको उहाँले उल्लेख गर्नुभयो ।
मुलुकको आर्थिक उन्नतिका लागि शान्ति सुरक्षा आधारभूत विषय भएकोले कानून कार्यान्वयनमा कुनै पनि सम्झौता नगरी आ(आफ्नो जिम्मेवारीमा अटल रहन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले सडक सुरक्षाका अन्य निकायहरू समेत जिम्मेवार हुने भएता पनि अग्रपङ्तिमा ट्राफिक प्रहरीको विशेष जिम्मेवारी हुने बताउनुभयो । सडक दुर्घटनाबाट हुने जनधनको क्षति ठूलो हुने भएकोले दुर्घटना न्यूनिकरणतर्फ सबैको ध्यान जानुपर्ने र यसका लागि ट्राफिक प्रहरीको साथै सम्पूर्ण सडक प्रयोगकर्ताहरूको सहयोग र तत्परता अनिवार्य हुने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई अक्षरस पालना गरिने बताउनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिको कार्यालय धादिङका प्रमुख जगन्नाथ नेपाल र धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले आ(आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरीको काम कारवाही सन्तोषजनक रहेको र आगामी दिनमा अझै राम्रो काम गर्न शुभकामना दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक ई।अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय पुनस् निर्माण प्राधिकरण कोषको सहयोगमा कूल १ करोड ६६ लाख २१ हजार ४ सय १८ रुपैयाँ ५२ पैसाको लागतमा उक्त कार्यालयको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका तथा गाउँपालिका प्रमुखहरु र उपप्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, यातायात व्यसायीहरु, सुरक्षा निकायका अधिकृतहरु, संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया