पाल्पामा पर्यटककाे घुइचो

0
Shares

कविराज नेपाल, पाल्पा ।
पाल्पामा हिजो आज आन्तरिक पर्यटकको घुइचो लागेको छ । खासगरि देशका विभिन्न जिल्लाबाट शैक्षिक अवलोकन भ्रमण आउने विद्यार्थी र शिक्षकहरुले यहाँका होटल लज र व्यापारीक केन्द्रहरुमा थामि नसक्नु भिड लाग्ने गरेको छ । यस वाहेक यो अवधिमा विदेशी पर्यटकहरु पनि पाल्पामा वढी नै आउने गरेको पाइएको छ ।
ऐतिहासिक एंव सुन्दर पर्यटकिय नगर रहेको तानसेनमा रहेका मठ मन्दिर दरबार र श्रीनगर क्षेत्रको सुन्दर दृष्य अवलोकन गर्न आन्तरिक पर्यटक आउने गर्दछन् । पर्यटकको बृद्धि संगै यहाँका करुवा र ढाका पसलहरुलाई राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।
छुट्टिको समय मनोरञ्जनकालागि अथवा पाल्पाको ऐतिहासिक कला सस्कृति र यहाको सुन्दरता हेर्न हिजोआज पाल्पामा पर्यटकको संख्या निकै वढेको हो ।
शिक्षा स्वास्थ्य र पर्यटनको नारा वोकेको पाल्पामा केही दिन यता आन्तरिक र वाह्य पर्यटकको संख्या वढे पछि यहाका व्यापारीहरु निकै उत्साहित छन ।
‘अरु वेला पर्यटकको कमी भए पनि यो वेलाको पर्यटक आवागमनले निकै उत्साहित वनाएको छ’– होटल व्यवसायी संघ पाल्पाका अध्यक्ष जीवलाल सुवेदीले भने –‘्पर्यटकको यो आवागमनलाई निरन्तरता दिनु पर्दछ । ’
नेपालको सुन्दर र पर्यटककालागि राम्रो गन्तव्यका रुपमा रहेको पाल्पामा अनुकुल मौसम र भ्रमणकालागि शान्ति सुरक्षाको पनि राम्रो अवस्था रहेकाले आन्तरिक र वाह्य पर्यटकको संख्या वढेको हो ।
यद्यपी यहा आउने आन्तरिक पर्यटक पनि एक महिनाको अवधिमा निकै वढेका छन । यस अवधिमा कति पर्यटकहरु पाल्पा भ्रमणमा आए भन्नेकुराको आधिकारिक तथ्याङ्क राख्ने निकायको यहा कुनै व्यवस्था त छैन तर पनि होटल व्यवसायिका अनुसार एक महिनाको अवधिमा यहाका होटलहरु खचाखच भएका छन ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले पर्यटकहरुको पाल्पाको आवागमन कायम राख्न पर्यटकको पाल्पा वसाइ लम्व्याउन र पाल्पा भएर पोखरा वा लुम्विनी जाने पर्यटकलाइ यहा वस्ने र घुम्ने व्यवस्था गर्न जरुरी रहेको वताए ।
वाह्य पर्यटकका रुपमा जर्मन, अमेरिका,वेलायत, फ्रान्स, जापान, कोरिया,लगायतका देशवाट आउने गरेका छन । आन्तरिक पर्यटकहरु भने यहाका सामुदायिक वन, कृषि प्रणाली, धार्मिक र ऐतिहासिक महत्वका मठमन्दिर,कलात्मक सम्पदाहरु हेर्न आउने गरेका छन । यस वाहेक शिक्षण संस्थाका विधार्थी र शिक्षकहरुको पनि यस अवधिमा राम्रो उपस्थिती पाल्पा जिल्लामा रहेका छन । खास गरी यहा आएका पर्यटकहरु जिल्ला सदरमुकाम तानसेनको अलावा रानीमहल, भैरवस्थान र रिडी सम्म पुग्ने गरेका छन ।
पर्यटकको आवागमनमा वृद्धि भएपछि व्यवसायिहरु उत्साहित भएपनि पर्यटकहरुका लागि उपयुक्त वातावरण, सेवा सुविधा र मन वहलाउने व्यवस्था नभएको पर्यटन व्यवसायिकै भनाइ छ ।
ढाकाका कपडा, टोपी, ब्याग, पछच्यौरा, झिनिया रोटी लगाएका सामान चिनोको रुपमा लैजाने हुदा ढाका पसलमा सामान बेच्न भ्याइ नभ्याइ भएको छ । तानसेनमा रहेका १२ देखि १५ वटा ढाका पसलले दैनिक ३० हजार देखि ५० हजार सम्मको व्यापार भएको बताउछन् । यस्तै होटल तथा लजहरु प्नि दैनिक भरि भराउ भएको होटल व्यवसायीले बताएका छ ।
पाल्पामा खासगरि कार्तिक, मंसिर र पौष महिनामा आन्तरिक पर्यटकहरु बढी आउने गर्दछन् भने यसै अवधिमा विदेशी पर्यटकहरु पनि जिल्लामा वढी आउने गरेको भेटिन्छ ।