सल्यानको दुर्गम गाउँमै नागरिकता वितरण

0
Shares

सरिता चलाउने, सल्यान ।
जिल्ला प्रशासन कार्यालय सल्यानले दुर्गमको गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । नागरिकता लिन दुई दिन लगाएर नेपालगञ्ज हुँदै प्रशासन पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै कालिमाटी गाउँपालिका ७ काप्रेचौर पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो ।

काप्रेचौरको नागरीकहरु नागरीकता लिनलाई नेपालगन्ज, दाङ हुदै जिल्ला प्रशासन कार्यलय सल्यानमा आउनु पर्ने बाध्यता छ । उक्त बाध्यतालाई मध्यनजर गर्दै प्रशासनले काप्रेचौरम्र पुगेर घुम्ती शिबिर मार्फत नागरीकता उपलब्ध गराएको छ । घुम्ती शिविरबाट १३५ जनाले नागरिकता पाएका छन । दुई दिनसम्म चलेको शिविरमा ६३ जना पुरुष र ७२ महिलाले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकाले बताए ।

’जिल्लाकै निकै विकट र पैदल हिँडेर प्रशासन कार्यालयसम्म आउन तीन दिन लाग्ने स्थानमा शिविर सञ्चालन र्गयौँ’, उनले भने । कालिमाटी गाउँपालिका ७ काप्रेचौरमा प्रशासनकाले पहिलो पटक शिविर सञ्चालन गरेको हो । रकम तथा सवारी साधन अभावका कारण सदरमुकाम जान नपाएका समुदाय बढी घरदैलोमै नागरिकता पाएपछि खुशी भएका छन् । शिविरमा जिल्ला निर्वाचन कार्यालय नामावली संकलन तथा अद्यावतिक गरेको छ । शिविरमा १ सय ३ पुरुष र ९७ महिला गरी २०० जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रशासनले जिल्लाको बिभिन्न ठाउँहरुमा घुम्ती शिबिर सन्चालन गर्दै आईरहेको छ ।