दोहोरो नागरिकता लिने दुई जना पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
किर्ते प्रमाण खडागरी गैरनागरिकले तराईका जिल्लाबाट सहजै नेपाली नागरिकता हासिल गरिरहेको खुलासा भएको छ ।
वीरगन्ज महानगरपालिकाको विभिन्न वडाको ठेकाना देखाई नागरिकता हासिल गरेका दुई जना गैरनागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेपछि रकम कै भरमा विदेशीले नेपाली नागरिकता प्राप्त गरीरहेको खुलासा भएको हो ।दोहरो नागरिकता प्रयोग गरेको अभियोगमा ३७ वर्षीय अरविन्द कुमार सर्राफ र नक्कली नागरिकता प्रयोग गरेको अभियोगमा २३ वर्षीय दिनेश कुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनले झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं. ९बाट नागरिकता बनाई नेपाली राहदानी समेत हासिल गरिसेकका अरविन्दलाई बारा प्रहरीले दोहरो नगरिकको अभियोमा पक्राउ गरी अनुसन्धानका लागि पर्सा पठाएको र राहदानी बनाउने क्रममा दिनेशलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

अरविन्दको साथबाट भारतीय मतदाता परिचय–पत्र फेला परेको र दिनेशले बनाएको नागरिकता जिल्ला प्रशासन कार्यालयमा दर्ता नहुको साथै कार्ड नै फरक भएको उपरिक्षक ढकालले जानकारी दिए । उनले नेपाल सरकारले वितरण गर्ने नागरिकताको कार्ड नै छपाई सिमाक्षेत्रमा नक्कली नागरिकता बनाउने संगठित अपराध भईरहेको तर्फ अनुसन्धान अगाडी बढाएको बताए ।

पक्राउ परेका अरविन्द माथि दोहरो नागरिकता मुद्दा र दिनेश माथि सरकारी कागजात किर्ते मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । दोहरो नागरिकता मुद्दामा दोषी ठहर हुँनेलाई एक वर्ष कैद , एक लाख रुपैयाँ जरिबाना र सरकारी कागजात किर्ने गर्नेलाई सात वर्ष कैद तथा ७० हजार रुपैयाँ जरिवान हँुने कानुनी प्रवधान रहेको छ ।