राजधानीमा गाडिबाटै एक लाख पच्चिस हजार हरायो

0
Shares

काठमाडौँ ।
राजधानीमा गाडिबाटै १ लाख २५ हजार रुपैयाँ हराएको छ । काठमाडौँ रत्नपार्कबाट शुक्रबार साँझ मनमैजु जाँदै गरेकी पार्वती गुरुङको पैसा हराएको हो । उनको पैसा गाडिमा यात्राको क्रममा हराएको बताएकी छिन् ।

धादिङ घर भई हाल मनमैजु बस्दै आएकी गुरुङ विवाहको सामान किनमेल गर्न बजार आई घर फर्कदा ब्याग भित्र रहेको पर्स माछापोखरी पुग्दा हराएको थाहा पाएको उनले बताईन् ।

पैसा संगै उनको नागरिकता र एटिएम कार्ड समेत हराएको उनको भनाई छ । गुरुङले प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गराएकी छिन् ।

यसबारे थप विवरण आउन बाँकी छ ।