काठमाडाैं । चौतर्फी बिरोध र जनदबाब पछि बिबादास्पद सस्था युनिभर्सल पीस फेडेरेसनको कार्यक्रमका लागि गरिएको सवारी जोर बिजोर सम्बन्धि निर्णय फिर्ता भएको छ ।
विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।
तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।











प्रतिक्रिया