गोलीको छर्राबाट बच्चीको आँखामा चोट


श्रीनगर,(एजेन्सी)
भारतिय सुरक्षा फौजले चलाएको गोलीको छर्राबाट एकजना १९ महिने बालकको आँखामा गम्भीर चोट लागेपछि भारत अधिनस्थ काश्मिरमा बुधवार निक ैतनाव बढेको स्थानिय पत्रकारहरुले बताएका छन् ।

मंगलवार अस्पतालबाट आफ्नो बच्चालाई हिवा जान उपचार गराइ आफ्नो दक्षिणी काश्मिर स्थित घरमा फर्केकी मार्साला जान र बच्चालाई हेर्न थुप्रै बालबालिका समेतको ठूलो भिड लागेको थियो ।

बुधवार ति बच्चीको आँखाका ेथप शल्यक्रिया हुने बताइएपछि उनको स्वास्थबार ेजानकारी लिन मार्सालाको घरमा शुभचिन्तकहरुको भिडै लागेको थियो । चिन्तित ति भिडले उनको सुस्वास्थका लागि प्रार्थना समेत गरेका थिए । डाक्टरहरुले हिवाको थुप्रैपटक शल्यक्रिया गरिनुपर्ने बताएका छन् ।

हिवाको उपचारमा खटिएका अस्पतालको ओफथाल्मोलोजी विभागका प्रमुख सलिम ताकले दोश्रो शल्यक्रिया पछि मात्र उनको आाखाबारे अनुमान गर्न सकिने बताएका छन् । उनले चोट लागेको उनको दाँहिने आखाको ज्योति गुमाउन सक्ने खतरा धेरै रहेको पनि बताएका छन् ।