विदेशबाट फर्केका युवा भन्छन– व्यवसायीक बाख्रा पालन उत्तम

0
Shares

सलिम अन्सारी, प्युठान
पाँच बर्ष अघि खांडिबाट फर्कदा ३९ बर्षीया नेक बहादुर बिक बिदेशको कामबाट थकित थिए । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुखले पाल्ने रहर बोकेर कतार पुगेका नेक बहादुर घर फर्कदा उनमा फेरि बिदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो ।

‘महिनाको २० हजार रुपैया ँतलब लिनका लागि दैनिक १२ घन्टा असारको गोरु झैं जोतिनु पर्थो’ उनले स्मरण गर्दै नेपाल समाचारपत्रसँग भने । सरुमारानी ३ हंसपुर स्थित राटामाटाका नेक बहादुर बिक अहिले बिदेशको सवै हण्डर भुलेर आफ्नै व्यावसायमा रमाएका छन । उनले आठ लाख रुपैयाँलगानी गरेर गाउंमै जेएनटि बाख्रा तथा कुखुरा फार्म दर्ता गरि खोलेका हुन । बिदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्य र कृषितथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै कृषिमा लागेको उनले बताए । उनले सबै रकम बैंकबाट ऋृण काढेर ब्याबसायिक बाख्रा तथा कुखुरा पालनमा लगानी गरेको सुनाए ।

उनको खोरमा अहिले १ सय २० वटा खरी जातका बाख्रा छन् । ती सबै उन्नत जातको बोका संग क्रस गरिएको हो । नेक बहादुरले ३ लाख ५० हजारको लगानिमा आधुनिक खोर बनाएका छन । व्यबस्थित खोर भएकाले खोरमै दानापानी र घाँस खुवाउने प्रवन्ध मिलाईएको छ । वाख्रा र खसी बिक्रीका लागि उनलाई वजारको समस्या छैन । खोरमै खसीबोका किन्न ग्राहक आउछन । एउटा बाख्राको पाठो बेचे महिना भरी खान पुग्ने उनी बताउछन । गतबर्ष १ लाख ५० हजारको खसी बेचेको उनले सुनाए । अब बिदेश जानू छैन, उनले भने, आफ्नै देशमादुख गरे मनग्ये कमाईदोरहेछ ।

नेक बहादुरले बाख्रा पालनका साथै तरकारी खेती र लोकल कुखुरा पालन गरेका छन । बाख्रालाई घांसमा आधारित बनाउन करिव १४ रोपनि जमिनमा घाँस खेती गरेका छन । बाख्रालाई चरण पर्याप्त चाहिदो रहेछ– उनले भने । स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्धश्यका साथ १ सय ५० कुखुरा समेत उनले पालेका छन । कुखुरा जति सबै गाउँघरमै बिक्री हुन्छ ।

प्रतिकिलो ५ सयमा कुखुरा बिक्री हुने उनले बताए । बेच्ने बेलाको कुखुरा बनाउन कम्तिमा ५ महिना समय लाग्ने उनको अनुभव छ । बाख्रा र कुखुरावाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गरेर तरकारी खेती समेत गरिरहेका छन उनले । २ वर्ष कतारमा बस्दा निकै दुःखपाएको बताउदै उनी भन्छन–घर जग्गाधितो राख्दै होस् या चर्को व्याजमा ऋण काढेर होस, धनकमाउने सपना बोकेर विदेश पुगेका नेपालीका सुख दुःख पनि देखे । उनको विदेशबाट फर्कदा हातमा थोरै पैसा थियो, बैंकबाट ऋृण काढेर गरेको व्याबसायिक कृषिबाट प्रती महिना २५ देखि ३० हजार सम्म कमाउछन अहिले । कृषि फार्मको ४ बर्षे अन्तरालमा उनले ठूलो सफलता हात पारेका छन ।

यसैको कमाईबाट गाउमै १५ लाखको खेतवारि जोडेको नेक बहादुर बताउछन ।स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कृषि पेशामा लागेँ यसैको कमाईले जिवनस्तर पनि उठ्यो– उनी भन्छन । लगानि भए ब्याबसाय गर्न कुनै समस्या छैन । गोठ सरसफाइ देखि कुखुरा बाख्रा लाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको उनको भनाई छ । जिल्ला पशु सेवा कार्यालय र स्थानिय सरुमारानी गाउँपालिकाले १ लाख अनुदान सहयोग गरेको उनको भनाई छ । सरोकारवाला निकायबाट सहयोग पाए ब्यावसायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ ।