खाद्य डिपोबाटै अनियमित रुपमा खाद्ययन्न विक्री

0
Shares

अर्जुन बोहरा सिमकोट, हुम्ला
हुम्लाको दक्षिण भेगमा रहेको अदनचुली गाउँपालिकामा रहेको श्रीगनर डिपोमा खाद्ययन्न अनियमितरुपमा विक्री गरेको खुलासा भएको छ।

निकै लामो समय पछि नेपाल खाद्यय संस्थान अन्र्तगत श्रीनगर डिपो बाट खाद्ययन विक्री वितरण शुरु भएको छ । विहिबार बाट सर्वसाधारणलाई चामल विक्री वितरणको लागि सार्वजनीक गरेता पनि श्रीनगर डिपोबाट २यस ६४ बोरा चामल अनियमितता भएको श्रीनगर बाट कालि बहादुर थापाले बताए ।
गएको भदौ महिना देखि चामल नपाएका श्रीनगर डिपोका स्थानिय बासिन्दा लाई आउँदो हप्ताको विहिबार बाट अदानचुली गाउँपालिकाका सबै वडालाई चामल विक्री वितरण गर्र्ने तयारी भएको श्रीनगर खाद्यय डिपो प्रमुख नवीन कुमार आचार्यले जानकारी दिनुभयो ।

मङसिर १२ गते एक बजे श्रीनगर डिपामा बसेको सर्वदलिय सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको डिपो प्रमुख आर्चायले बताउनु भयो । केहि दिन अघि बाट चामल आउन सुरु गरेको भएता पनि विवाह, ब्रतवन्द गर्ने भन्दै अदानचुली गाउँपालिका २सय ६४ वाट बोरा चामल अनियमियतता रुपमा विक्री वितरण भएको श्रीनगरबाट बहादुर थापाले बताउनु भयो ।

चामल लिन आएका अधिकांसले विबाह, ब्रतवन्धको लागि भन्दै लिने गरेका छन । सर्वसाधारण नागरीकले नपाएर ब्रतवन्धमा अधिक चामल जानुमा स्थानिय राजनितिक दलका नेताहरुले वडा अध्यक्षलाई समेत दोष दिएका छन् ।

वडापालिकाको सिफारीसमा श्रीनगरमा रहेको डिपोले अनियमित तरिकामा चामल वितरण गरेको स्थानिय राजनितिक दलहरुले बताएका छन् ।

चामल वितरण विक्री वितरण गर्नुमा आफु कुनै दोसी नएको डिपो प्रमुख आर्चायले बताए । वडा अध्यक्षको सिफारीसमा आफले विक्री वितरण गरेको बताएका छन् । बुधबार दिउसो बसेको सर्वदलिय बैठकमा वडा अध्यक्षहरुले चामल वितरण निर्णय नभएको हुदा आवश्यकता हेरी सिफारीस दिएको बताएका छन् । ठेकेदारको कम्जोरीले चामल श्रीनगर डिपोमा समयमै चामल पुग्न नसको स्थानियले गुनासो गर्दै आएका छन ।

हुम्ला चामल भित्रीएको चामल माथि राजनितिक गरेकोले सर्वसाधरणले शास्ती खेप्नु परेको छ । जिल्लाका नागरीकले हुम्लामा भित्रीएको चामल अनियमितता हुदा चामलको खोजिमा छिमेकी जिल्ला मुगु, बाजुरा, लगायतका जिल्लामा धाउनु परेको श्रीनगर बाट थापाले बताए ।