मेलम्चीको काम अन्तिम चरणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
मेलम्ची खानी आयोजनाले सुरुङको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले सुरुङको अन्तिम चरणको काम भइरहेको छ ।

‘सुरुङको ढलान र फाइनल सर्पाेर्टको कामहरु भईरहेको छ । यो सुरुङको अन्तिम चरणको कामहरु हुन् ।’उहाँले बताउनुभयो ।

उहाँका अनुसार ढलाईका कामहरु सक्न विभिन्न खण्डमा गरी २ दशमलब ८ किलोमिटर मात्रै बाँकी रहेको छ । भने सुरुङको फाइनल सर्पाेर्ट २ किमि मात्रै बाँकी छ ।

सुन्दरीजलको २ स्थान, सिन्धुबाट १ र ग्याल्थुमबाट १ गरी चार स्थानबाट एक साथ सुरुङको कंक्रीट ढलाई र फाइनल सर्पाेर्ट (प्लास्टर)को काम भईरहेको छ ।

यी कामहरु अम्बाथान अडिटबाट भने यसअघि नै सम्पन्न भईसकेको आयोजनाले जनाएको छ ।

त्यस्तै सुरुङमा हावा फाल्न ३ ओटा भेन्टिलेसन साफ्ट मध्ये २ वटाको काम भईरहेको छ । भने अम्बाथान अडिटमा यो काम सम्पन्न भईसकेको छ । भेन्टिलेसन साफ्टको काम सुन्दरीजल र सिन्धु÷ग्याल्थुम अडिटमा भईरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो ।

सुन्दरीजल, सिन्धु÷ग्याल्थुम, अम्बाथान, सुरुङको मुख र आउटलेटमा जोड्ने गेटको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। यी कामहरु दु्रत गतिमा भईरहेकोले कहिले काम सकिन्छ भन्ने भन्न नसकेपनि आयोजनाले परिक्षणको लागि तयारी पनि गरिरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो ।

‘काम दु्रत गतिमा भईरहेको छ । कहिले सकिन्छ भनेर भन्न नसके पनि हामीले काम सकिने बित्तिकै परिक्षणको लागि समेत हुने गरी तयारी गरिरहेका छौँ ।’, उहाँले बताउनुभयो ।