तपाईंको हातमा रहेको नेपाल समाचारपत्र दैनिकको प्रकाशन संस्था कामना प्रकाशन ३४ वर्ष पूरा भई भोलिका दिन ३५ औं वर्षमा प्रवेश गर्दैेछ ।
आजभन्दा ३५ वर्षअगाडि मात्र ५ हजार रुपियाँ लगानी गरी निजी क्षेत्रबाट संस्थागतरुपमा शुरु गरिएको मुलुककै पहिलो यो प्रकाशन संस्थालाई लाखौं पाठकहरुको माया, साथ, सहयोग र विश्वास प्राप्त नभएको भए शायद यो संस्थाको यात्रा शिशु अवस्थामै टुंगिसक्थ्यो होला ।
आफ्नो साढे तीन दशक लामो यात्रामा यस प्रकाशनले राष्ट्र, राष्ट्रियता, जनता र व्यावसायिक पत्रकारिताको लागि दिएको योगदानको मूल्यांकन गर्ने जिम्मा हामी सधैँभैmँ अहिले पनि विद्वान् पाठकवर्गलाई नै छोड्न चाहन्छौं । तरल राजनीतिक अवस्था र सबै क्षेत्रमा चुलिएको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले भोग्नुपरिरहेको व्यथा र पीडासँगै यस प्रकाशन संस्थाले व्यहोर्नुपरेको आरोह–अवरोहबारे पनि हाम्रा पाठक अनभिज्ञ छैनन् भन्ने हामीलाई लाग्छ ।
जतिसुकै सक्षम, इमानदार, काबिल भए पनि कुनै पनि राजनीतिक पार्टीको झन्डा नबोकी बस्ने स्वतन्त्र मानिसहरुको मुलकमा अहिले जस्तो हालत छ स्थापनाकालदेखि नै पत्रकारिता आवाजविहीनहरुको आवाज बन्नुपर्ने सिद्धान्तलाई अंगीकार गरेपछि यस प्रकाशनको हालत पनि ती मानिसहरुभन्दा पृथक हुने कुरै भएन । लामो समयको राजनीतिक अस्थिरतापछि मुलुकले दुई तिहाइको सरकार पाएको छ । देशलाई समृद्ध बनाउने अठोट लिएका नेताले सरकारको नेतृत्व सम्हालेका छन् ।
सरकारको करिव ९ महिनाको क्रियाकलापलाई हेर्दा आजको दिनसम्म उत्साहित हुने अवस्था कतैबाट पनि देखिएको त छैन । तैपनि स्थायी सरकार भएकाले मुलुक समृद्धितर्पm लाग्ने कुरामा अभैm विश्वास भने मरेको छैन । त्यसो त दलीय व्यवस्था पुनस्र्थापना भएको २८ वर्ष बितिसक्दा पनि निष्पक्ष बनी एक्लो बृहस्पतिझैं संघर्षरत् यो प्रकाशन संस्थाले शुभचिन्तकहरुको साथ पाएसम्म जतिसुकै लामो अविचलित यात्रा गर्नुपरे पनि विश्राम नलिने कुरामा हामी सबै शुभचिन्तक पाठकलाई विश्वास दिलाउन चाहन्छौं । यो साथ र सहयोगका लागि हामी सधैँभैmँ तपाईंहरुप्रति अनुग्रहीत छौं र भविष्यपर्यन्त रहिरहनेछौं ।











प्रतिक्रिया