भारत – पाकिस्तान जोड्ने करतारपुर कोरिडोरको सिलान्यास


करतारपुर (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरानखानले करतारपुर साहिब कोरिडोरको शिलान्यासका अवसरमा भारतसँग मित्रताका लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री खानले काश्मिर मुद्दालाई पनि सल्टाउन सकिने र त्यसका लागि गर्छु भन्ने भावनाको आवस्यक भएको बताए । उक्त समारोहमा भारतका तर्फबाट पन्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धु र केन्द्रिय मन्त्री हरसिमरत कौर बादल सहभागी भएका थिए ।

उदघाटनका अवसरमा पाकिस्तानी प्रधानमन्त्री खानले भने– ७० बर्षदेखि हामी यसतै स्थिति देखिरहेका छौं । आज पाकिस्तानमा म, हाम्रो पार्टी, हाम्रो सेना, विपक्षी पार्टी सबै एकै ठाउँमा उभेका छौ । हामी अगाडी बढ्न चाहन्छौं । हाम्रो मुद्दा एक हो, काश्मिरको । मान्छे चन्द्रमामा पुगिसेके, के हामी एक मुद्दा हल गर्न सक्दैनौ । म यकिन दिलाउन चाहन्छु, यो मुद्दा हल हुनेछ, मनसाय हुनपर्छ ।

दुई देशबीच सम्बन्ध सुध्रिएमा त्यसले दुबैलाई धेरै फाइदा हुने बताउँदै आफु भारतसँग बलिो सम्बन्धका लागि इच्छुक रहेको उनले बताए । वैमनस्यता अन्त्य गरी सीमा खुला गर्नु पर्ने र त्यसले बजार पनि सुरु हुने उनले बताए ।
भारत र पाकिस्तान एक अर्कालाई गलत देख्ने गरेको तर आफुले दुबै तर्फ गल्ती देखेको खानले बताए ।

प्रधानमन्त्री खानले भने– फ्रान्स र जर्मनी जसले कति युद्ध लडे र दुबै मुलुकबीच खुला सिमाना छन् । उनीहरुबीच युद्ध आज सोच्न पनि सकिँदैन । फ्रान्स र जर्मनी युरोपेली युनियन बनाएर अगाडी बढ्न सक्छ भने हामी किन सक्दैनौं । हामी यो सिक्री तोड्छौ । दुबै मुलुक अगाडी बढ्न सक्छ । म यो अवसरको फाइदा उठाउँदै भन्छु, भारत एक कदम अगाडी बढ्छ भने हामी दुई कदम अगाडी बढ्छौं ।

खानले उक्त समारोहमा पुगेका नवजोत सिद्धु पाकिस्तानको चुनावमा पनि जित्ने बताए । भारत सरकारका तर्फबाट उक्त समारोहमा भाग लिन पुगेकी केन्द्रिय मन्त्री हरमिरत कौर बादलले ७० बर्ष देखि उक्त कोरिडोर निर्माण सिखको इच्छा भएको बताइन् ।

जुन भुमीमा सिखका पहिलो गुरु गुरुनानक देवजीको अवतार भयो त्यो भुमी तपाईको । हामी ४ किलोमिटर दुरीबाट यहाँ नमन गर्छौं । ७० बर्ष पहिला म जस्ता सिखलाई यहाँ आएर प्रार्थना गर्ने अवसर मिलेको छ – उनले बताइन् ।
ट्विटमा हरमिरत कौरले आफु उक्त अवसरमा अत्यन्त भावुक भएको बताएकी छिन् ।