मात्तिएका डाक्टरको कारण आमा र बच्चाको मृत्यु


नयाँदिल्ली,(एजेन्सी)
पश्चिमी भारतिय राज्य गुजरातमा रकसीले मात्तिएको अवस्थामा इकजना गर्भवती महिलाको सिजरिन गरेको अभियोगमा एकजना डाक्टरलाई गिरफतार गरिएको प्रहरीले बुधवार विविसिलाई बताएको छ । शल्यक्रिया गरी जन्माइएका शिशुको ततकाल ैमृत्यु भएको थियो भने महिलाको केहि समयपछि ज्यान गएको थियो ।

प्रहरीका अनुसार ब्रेथलाइजर परिक्षणबाट डाक्टर मात्तिएको पुष्टि गरेको थियो । प्रहरीले लापरवाही वा अन्य कुनै चिकित्सिकिय कारणले तिनीहरुको मृतयु भएको हो भन्नेबारे थप अनुसनधान गरिरहेको छ । विगत १५ वर्ष देखि सरकारी सोनावाला अस्पतालमा सेवारत डाक्टर पिजे लखानी वरिष्ठ निकै अनुभवी भएको अस्पताल सुत्रले जनाएको छ ।

प्रशव व्यथा हुनथालेपछि कामिनी चाची नामक ति महिलालाई सोमवार साँझ अस्पतालमा भर्ना गरिएको थियो । स्थानिय संचार माध्यमले प्रतिक्षारत परिवारका सदस्यहरुलाई शिशुको मृतयु भएको र ति ममहिलाको लगातार रक्तश्राव भइरहेका जानकारी दिइएको उल्लेख गरेको छ । परिवारले कामिनीलाई अन्य निजी अस्पताल तर्फ लाँदै गर्दा उनको बाटामै निधन भएके थियो ।

प्रहरीले पविारलाई आम र बच्चाको मृतयुको खवर सुनाउँदा आफु आक्रमणमा पर्ने डरले डाक्टर लखानीले आफुहरुलाई सुरक्षाका लागि बोलाएको विविसि गुजरातीलाई जानकारी दिएको छ ।

वरिष्ठ प्रहरी अधिकृत एचआर गोश्वामीले अस्पतलमा पुगदा उनलाई रक्सीले मात्तिएको अवस्थामा फेला परेपछि गिरफतार गरिएको बताएका छन् । मृतयु सम्वन्धमा थप अनुसनधानका लागि अस्पतालले एउटा विशेष समिती गठन गरेको छ ।