भारतले सार्क सम्मेलनमा भाग नलिने


नयाँदिल्ली (एजेन्सी)
पाकिस्तानको निमन्त्रणालाई अस्विकार गर्दै भारतकी विदेशमन्त्री सुष्मा स्वराजले भारत सार्क सम्मेलनमा सहभागी नुहने बताइन् ।

बुधबार हैदराबादमा पत्रकारहरुको पश्नको जवाफ दिँदै स्वराजले भारतमा आतंकवादी गतिविधिहरुमा पाकिस्तानले रोक नलगाएसम्म द्विपक्षिय वार्ता नहुने बताएकी छिन् । करतारपुर कोरिडोर शुरु हुनुको अर्थ दुई देशबीच द्विपक्षिय वार्ता बहाल हुन्छ भने होइन, उनले बताइन् ।

यसअघि मंगलबार पाकिस्तानी विदेश मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनका लागि निमन्त्रणा दिएका थिए । यो सम्मेलन इस्लामाबादमा हुने कार्यक्रम छ तर यसको मिति तय भएको छैन ।


द्विपक्षिय वार्ता र करतारपुर कोरिडोर दुई फरक फरक मुद्दा भएको सुषमा स्वराजले बताए । भारत सरकार गत २० बर्षदेखि उक्त कोरिडोरलाई लिएर पाकिस्तानसँग वार्ता गरिरहेको उनले जानकारी दिइन् ।

पाकिस्तानले पहिलो पटक सकारात्मक जवाफ दिएको छ । तर यसको अर्थ द्विपक्षिय वार्ता शुरु हुने होइन ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले करतारपुर कोरिडोरको शिलान्यास गरिरहँदा सुषमा स्वराजको उक्त बयान आएको हो । यो कोरिडोर ६ महिनामा पुरान गर्ने लक्ष्य लिइएको छ । उक्त कोरिडोर बनेपछि भारतका नागरिक बिना भिसा करतारपुरमा गुरुद्वार साहिब जान पाउनेछ । यो इलाका पाकिस्तानमा पर्छ ।

स्वराजद्वारा पाकिस्तानको निमन्त्रणा अस्विकार

यसबीच पुर्व क्रिकेटर तथा कांग्रेस नेता नवजोत सिंह सिद्धु पनि कोरिडोरको उदघाटन समारोहमा सहभागी हुन पाकिस्तान गएको बताइएको छ । पाकिस्तानका विदेशमन्त्रीले सुषमा स्वराजलाई पनि करतारपुर आउन निमन्त्रना दिएका थिए तर उनले ब्यस्तताका कारण त्यसलाई अस्विकार गरकी थिइन् ।

उनको ठाउँमा केन्द्रिय मन्त्री हरसिमरत कौर बादल र हरिदिप सिंह पुरीले उक्त समारोहमा भाग लिएका छन् ।

नवजोत सिद्धु इमरान खानको सपथ ग्रहण समारोहमा भाग लिन पनि पाकिस्तान पुगको थिए । त्यति बेला नै सिद्धुले करतारपुर कोरिडोर खोल्न माग गरेका थिए र पाकिस्तानको तर्फबाट सकारात्मक संंकेत दिएको थियो । उक्त कार्यक्रममा सिद्धु र पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासँग अंंकमाल गरेका थिए ।

त्यसको केही समयपछि भारतका केन्द्रिय वित्तमन्त्री अरुण जेटलीले करतारपुर साहिब कोरिडोरका बारेमा क्याबिनेटको निर्णयका विषयमा जानकारी दिएका थिए । गृहमन्त्री राजनाथ सिंहको नेतृत्वमा एक कमिटी बनेको र त्यसको सुझावमा फैसला लिइएको उनले बताएका थिए ।