किरन धामी
दार्चुला । महाकाली नगरपालिका१ छापरीमा संचालित ग्राभिटी रोप–वे मर्मत सम्भार अभावमा जीर्ण बन्दै गएको छ । २०७२ सालमा निर्माण सम्पन्न रोप–व मर्मत सम्भारमा जिर्ण बन्दै गइरहेको छ ।
महाकाली नगरपालिका १ का २ सय भन्दा बढी घरधुरिका कृषकहरुले उत्पादन गरेका कृषि उपज खासगरी तरकारी र फलफुल जन्य उत्पादन सामाग्रीहरु सहज रुपमा बजार सम्म पर्याउन विना कुनै बाह्य शक्तिको प्रयोग गरी ग्राभिटि रोप–वे निर्माण गरिएको थियो ।
स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको उचित मुल्य निर्धारणको बजार व्यवस्थापन मिलाउने, स्थानीय जनताको कृषि उत्पादनबाट जीवनस्तरमा टेवा पु¥याउन, गरिब तथा अन्य, महिला समुदायलाई सेवाको प“हुचमा पुर्याउने उद्देश्यले ग्राभिटि रोप–वे निर्माण गरिएको हो ।
उपभोक्ताहरुलाई ताजा एवम् स्वच्छ तरकारी तथा फलफुलहरु उचित मुल्यमा तथा नियमित रुपमा उपलब्ध गराउने समेत ग्राभिटि रोप–वे को मुख्य उद्देश्य रहेको छ । ग्राभिटि रोप–वे ले स्थानीय जनताको उत्पादित वस्तु तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा लाग्ने श्रम र समय वचत गरी स्तरीय जीवनयापनमा टेवा पुर्याएको छ । कुल ३५ लाख ४ हजार ५ सय ७४ रुपैया ६१ पैसा लागतमा निर्मित रोप–वे अहिले मर्मत सम्भार नहुँदा जिर्ण अवस्थामा पुगेको छ ।
स्थानिय उपभोक्ता, साविकको अपिनगरपालिका, साविकको जिल्ला विकास समिति, कृषि विकास कार्यालय र फिन्ल्याण्ड सरकारको अनुदानमा निर्मित ग्राभिटि रोप–वे जिर्ण बन्दै गएको छ । ग्राभिटि रोप–वे निर्माण सम्पन्न पस्चात स्थानिय उपभोक्ता समिति मार्फत संचालन हुँदै आएको रोप–वे को मर्मत सम्भार हुन सकेको छैन् । स्थानिय उपभोक्ता समितिको लापर्वाहीका कारण लाखौको सार्वजनिक सम्पत्ती जिर्ण बन्दै खराब हुने अवस्थामा पुगेको छ । विगतमा छापरीका स्थानियले तरकारी उत्पादन गर्ने तथा ग्राभिटि रोप–वे बाट खलंगा सम्म विक्रिका लागी लैजाने गरेका थिए ।











प्रतिक्रिया