ललित सिंह, बझाङ । १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या गर्ने हत्यारालाई यो बर्तमान ओली सरकारले कारवाही गर्र्नुको साटो उल्टै लुकाएर राखेको आरोप नेपाली काँग्रेसकी नेतृ एवम् नेपाल महिला संघ केन्द्रिय सदस्य रमिता देउवाले बताउनु भएको छ ।
उहाँले भन्नुभयो–बर्तमान सरकार दिन प्रतिदिन अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाउनु भएको छ । नेपाल महिला संघ बझाङले सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रम्मा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
नेकपाको सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यापालिकामा विस्तारै आक्रमण गरिरहेको बताउदै उहाँले सरकारले नांै महिनाको अवधिमा सिन्को पनि भाँच्न नसकेको बताउनु भयो ।
कन्चनपुर जिल्ला देखि नेपाल महिला संघको केन्द्रिय सदस्य रहनु भएकि देउवा प्रदेश नं ७ का नौ वटै जिल्लामा निर्मला पन्तको बलात्कार पछि हत्या र ओली सरकारले दुई तिहाई घमण्ड देखाएर जनतालाई सास्ती दिने कार्यको बारे कार्यकर्तालाई प्रशिक्षण दिदै नौ वटै जिल्लामा अभियान जारी गरेकी हुन् ।
निमर्ला हत्याकाण्ड, ३३ केजीको सुन काण्ड, न्यायाधीश काण्ड, पप्पु कन्सर्टक्सनको काण्ड र मुल्य बृद्धिको स्मरण गर्दै उहाँले बर्तमान सरकार अपराधिको बचाउ गरिरहेको र देशमा भ्रष्टाचारको खेती गरिरहेको आरोप लगाउनु भयो ।











प्रतिक्रिया