नगरक्षेत्रमा पाँच दर्जन बढी सौर्य बत्ती जडान

0
Shares

विनोदसिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगर क्षेत्रमा ५ दर्जन बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातीको समयमा सडकमा अध्यारो नहोस र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले नगरापालिकाले सौर्यबत्ती जडान गरेको हो ।

आर्थिक बर्ष २०७२÷०७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका ईन्जिनीयर जय सिंह बोहराले जानकारी दिनुभयो ।
सदरमुकाम क्षेत्रका बजारहरु गढी, गोठलापानी, शाहिलेकमा गत बर्षनै सौर्यबत्ती जडान गरिएका थिए भने देहिमाण्डौ बजार र त्रिपुरा सुन्दरी क्षेत्रमा चालु आर्थिक बर्षमा सौर्य बत्ती जडानको काम भएको हो ।

दशरथचन्द नगरपालिकाले करिब ७० लाखको लगानीमा उक्त मात्रामा सडक सौर्य बत्ती जडान गरेको हो । लोडसेडिङको समस्या नहुने र वैकल्पिक उर्जाका श्रोतहरुलाई प्रयोग गर्ने उद्देश्यका साथ नगरपालिकाले सडक सौर्यबत्ती जडान गरेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताउनुभयो ।
अगामी दिनहरुमा सडक सौर्यबत्ती जडान कार्य नगरक्षेत्रका अन्य ठाउँमा पनि जडान गरिने बताईएको छ । सडक सौर्यबत्ती जडानले नगरक्षेत्रका बासिन्दालाई सजिलो भएको छ ।