जर्मन नागरिकद्वय डा. मेथियस र फ्रेक सम्मानित

0
Shares

काठमाडौं,(नेस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको सम्रग विकास पर्यटनबाट मात्रै सम्भव हुने बताएका छन् ।

उहाँले हिमालयन शेर्पा फाउन्डेसनले जस्तै अरु निजी क्षेत्रले काम गरे नेपालको विकासमा टेवा पुग्ने बताउनुभएको छ । हिमालयन शेर्पा फाउन्डेसनद्वारा आयोजित समाजसेवी सम्मान कार्यक्रममा सचिव देवकोटाले नेपालको विकासको लागि अहोरात्र लागि परिरहने जर्मनी नागरिक द्वय डा.मेथियस वाउमन र फ्रेक स्टेवलरलाई अभिनन्दन गर्नु भएको थियो ।

अभिन्नदित वाउमन जर्मनको टुविगीन मेडिकल युनिभरसिटीका वरिष्ठ सर्जन समेत हुन् । साथै उहाँले सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिम पहिरो आउँदो १६ जना भन्दा बढी आरोहीहरुको निधन हुँदा उहाँले त्यहाँ पुगी दुर्घटनामा परेका आरोहीहरुलाई बचाउने र मृतक आरोहीहरुको खोजी कार्यमा लागेका थिए । त्यसैगरी नेपालमा गएको भूकम्पमा भूकम्पपिडित, बिरामीहरुको सेवा गर्नु भएको थियो । साथै भत्केका भौतिक संरचनाहरुको तयारी कार्यमा पनि संलग्न भएका थिए ।

अर्का अभिन्नदित व्यक्ति फ्रेक स्टेवलर भने रेस्लिङका विजेता हुन् । उनले सन् २०१५, २०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ जितिसकेका छन् । साथै उनले हिमालयन शेर्पा अस्पताल निर्माण कार्यमा आर्थिक संकलन गर्नका लागि नेपाल आएका थिए । विश्व विजेता हुने बेलामा समेत उनले नेपाल र हिमालयन शेर्पा अस्पताल निर्माणको कुरा राख्दै आर्थिक संकलन कार्यमा विशेष भूमिका निर्वाह गर्दै आएका थिए ।

हिमालयन शेर्पा फाउन्डेसनले निर्माण गरेको सो हिमालयन शेर्पा हस्पिटल खुम्बु पासाङ ल्हामू गाउँपालिका–३ फाक्दिङ क्षेत्रमा पर्दछ । फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले सो अस्पताल निःशुल्क सेवा दिने उद्देश्यले खोलिएको जानकारी दिनु भयो ।