भगवती तिमल्सिना,काठमाडौ
स्वस्थ नागरिक भएको मुलुक सबै भन्दा धनी र सम्पन्न हुन्छ भन्ने जो कोहीले अनुमान हुन्छ । धेरैले अनुमान लगाउँछन्–सबै भन्दा धनी मुलुक अमेरिका र क्यानडा छन् त्यहाँका जनता पनि त्यतिकै स्वस्थ छन् ।
तर यथार्थ धेरै फरक हुन्छ भन्ने पुष्टी विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सेवा केन्द्रित अध्ययन र देशको वर्गीकरणले देखाएको छ । संगठनले यही वर्ष (२०१८मा) गरेको अध्ययन अनुसार अमेरिका र क्यानडाको स्वास्थ्य सेवा जनताको पहुँच भन्दा निकै बाहिर छ । यी मुलुकमा हुने स्वास्थ्य बीमा पनि अत्यन्तै महगो भएकाले त्यहाँका सर्वसाधारण आफ्नो आयस्रोतका आधारमा परिवारको बीमा गराउँनै धौ धौ पर्ने स्थितीमा छन् ।
आयस्रोत न्यून हुँदा ठूलो संख्या स्वास्थ्य बीमाबाट बञ्चित भएका छन् । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा ओबामा केयरमा आवद्ध धेरै अमेरिकी स्वास्थ्य बीमा सेवा लिन सफल भएका थिए । तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा केयर हटाउने निर्णय गरे लगतै पुन ः अमेरिकाका सामान्य नागरिक स्वास्थ्य बीमाको पहुँच भन्दा बाहिर पुगेका छन् । यही तथ्य समेटेर विश्व स्वास्थ्य संगठनले हालै प्रतिवेदन सार्वजनिक गरेको छ ।
जुन मुलुकका जनताले स्वास्थ्य सेवालाई नैसर्गिक अधिकारका रुपमा अगाल्ने अवसर पाएका छन् ती अधिकांस विकसित मुलुक नै छन् । विकसित मुलुकमा सरकार तथा नीजी क्षेत्रको एउटै नीति हुन्छ जुन जनताले अवलम्बन गर्न सकून । त्यो नीति भनेकै स्वास्थ्य बीमा र सबैको पहुँचमा स्वास्थ्य सेवा भन्ने नै हो । संगठनले राज्यले प्रदान गर्ने स्वास्थ्य सेवा र त्यसमा नागरिकको पहुँचका आधारमा प्रत्येक वर्ष देशहरूको वर्गीकरण गर्ने गर्छ ।
यस बर्षको संगठनको बर्गिकरणमा क्यानडा ३०औँ र अमेरिका ३७औँ स्थानमा रहेका छन् । नेपाल १५०औँ स्थानमा रहेको छ भने छिमेकी मुलुक भारत ११२औँ स्थानमा सूचिकृत छ । नेपालको संविधानले स्वास्थ्य जनताको नैसर्गिक अधिकारका रुपमा औल्याएको छ । फ्रान्स, इटाली, सान मारिनो, एन्डोरा, माल्टा, सिंगापुर, स्पेन, ओमान, अस्ट्रिया र जापान क्रमशः पहिलोदेखि १०औं नम्बरमा सूचिकृत छन् ।
१. फ्रान्स
विश्व सामु जनस्वास्थ्यका क्षेत्रमा फान्स पहिलो मुलुक बन्न सफल भएको छ । फ्रान्सको कुल जनसंख्या सन् २०१८ मा ६ करोड ५२ लाख ३३ हजार २ सय ७१ रहेको छ । यहाँका अधिकांश जनता स्वास्थ्य बीमा लिन्छन र उपचारको ७० प्रतिशतको हाराहारीमा सरकारबाट भुक्तानी गराउँछन् भने बाँकी ३० प्रतिशत मात्र आफैले गर्छन् । यही कारणले पनि यहाँका जनता राष्ट्रको नीतिलाई हरेक कोणबाट सघाउन तत्पर रहन्छन् ।
२. इटाली
विश्व सामु स्वास्थ्य सेवा प्रदानका क्षेत्रमा दोस्रो नम्बरमा पर्न सफल इटालीमा सन् २०१८ मा ५ करोड ९२ लाख ६० हजार ८ सय ६३ कुल जनसंख्या रहेको छ ।
३. सान मारिनो
सानो मुलुक भएकै कारण यहाँको सरकारले सबैलाई निःशुल्क स्वास्थ्य सेवा अनिवार्य गरेको छ । सन् २०१८ को जनसंख्या नियाल्दा ३३ हजार ५ सय ५७ कुल जनसंख्या रहेको छ । यहाँको स्वास्थ्य सेवा यूरोपमै ‘टप थ्री’मा गणना हुँदै आएको छ । यो मुलुकमा साना ठूला हरेक खालका स्वास्थ्य उपचार सरकारले नै निःशुल्क रुपमा गर्ने व्यवस्था रहेको छ ।
४. एन्डोरा
आर्थिक रुपमा सम्पन्न मुलुकका रुपमा पहिचान बोकेको यो मुलुक स्वास्थ्य क्षेत्रमा निकै उत्तम मानिन्छ । यहाँको स्वास्थ्य सेवामा पूर्णतया राज्यको मातहतमा रहेको छ र निःशुल्क नै छ । यहाँको कुल जनसंख्या ७७ हजार ०० सून्य १ रहेको छ ।
५. माल्टा
यो पनि एउटा सानो चिटिक्क परेको मुलुक हो र स्वास्थ्य सेवाका क्षेत्रमा निकै ख्याति कमाएको छ । सन् २०१८ को कुल जनसंख्या हेर्ने हो भने ४ लाख ३२ हजार ५ सय ५६ रहेको छ र यहाँका हरेक जनताका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिन्छ ।
६. सिंगापुर
पर्यटकीय हिसाबले विश्वमा निकै चर्चित मुलुक हो सिंगापुर । यहाँको स्वास्थ्य सेवामा सरकारले विशेष निगरानी तथा व्यवस्थापन गरेको छ । यहाँको कुल जनसंखया ५८ लाख २२ हजार ५सय ९१ रहेको छ ।
७. स्पेन
स्पेनले स्वास्थ्य सेवालाई निकै उच्च स्थानमा राखेको छ । त्यसैले यहाँको औषत आयु पनि उच्च नै रहेको छ । कुल जनसंख्या ४ करोड ६४ लाख १५ हजार ० सून्य ७४ नेपालको भन्दा एक करोड बढी जनसंख्या रहे पनि स्वास्थ्य सेवालाई उच्च प्राथमिकता राखेकै कारण बिकास क्रममा समेत ठूलो हिंसा ओगटेको छ ।
८. ओमान
ओमानमा नीजि क्षेत्रमा उपचार गराउँनु अत्यन्तै महगो भए पनि सरकारले जनताको स्वास्थ्यका लागि निःशुल्का सेवा प्रदान गर्दै आएको छ । निःशुल्क स्वास्थ्य उपचार र जनस्वास्थ्य प्रति सरकारले चासो दिएकै कारण ४६ बर्षमा औषत आयु ५० को हाराहारीबाट ७६ पुग्नुले पनि आंकलन गर्न सकिन्छ । यहाँको कुल जनसंख्या भने ४८ लाख ९८ हजार ७ सय ३९ रहेको छ ।
९. अस्ट्रिया
हरेक क्षेत्रमा नमूनाका रुपमा स्थापित मुलुक अस्ट्रियाको स्वास्थ्य सेवा पनि उत्तिकै उत्कृष्ट छ । यहाँको जनसंख्या ८७ लाख ५७ हजार ६ सय ३२ रहेको छ । यो निकै विकसित मुलुक भएकाले स्वास्थ्य सेवामा पनि निःशुल्क, शःशुल्क तथा पूर्णशुल्क रोज्न पाउने व्यवस्था छ ।
१०. जापान
बिकासका क्षेत्रमा निकै फड्को मारेको नमूनाको खानी नै हो जापान । यो मुलुकमा बर्षौदेखि स्वास्थ्य सेवा सबैका लागि अनिवार्य र स्वास्थ्य बीमा नै पहिलो आधार तय गरिएको छ । यहाँका जनता अत्यन्तै मेहनत र स्वस्थ जीवन जीउने भएकै कारण औषत आयुपनि उच्च नै रहेको छ । यहाँका जनता जति मेहनती छन उत्तिनै सहयोगी पनि छन् । यहाँको कुल जनसंख्या १२ करोड ७० लाख ५१ हजार ५ सय ५३ रहेको छ ।











प्रतिक्रिया