एलोन मस्कको मंगलग्रह जाने चाहना


लस एन्जलस (एजेन्सी)
निजि अन्तरिक्ष कम्पनी स्पेस एक्सका संस्थापक एलोन मस्कले मर्ने ‘राम्रो अवसर‘का वावजुद आफ्नो जीवनकालमा आफु ब्यक्तीगत रुपमा मंगलग्रह पुग्ने सम्भावना ७० प्रतिशत रहेको घोषणा गरेका छन् ।

आगामी सात बर्ष भित्र केही लाख डरल प्रति टिकट मुल्यमा मंगलग्रहको यात्रा सम्भव हुन सक्ने स्पेस एक्सका संस्थापकले बताए । ‘ म त्यहाँ जाने बारेमा सोच बनाइरहेको छु– उनले बताए ।

मंगलग्रह कोलोनी धनीहरु भाग्ने थलो बन्ने हो की भन्ने अमेरिकी समाचार वेबसाइट एक्सियोसको प्रश्नको जवाफमा मस्कले भने– होइन १ तपाईको मृत्य मंगलग्रहमा हुने सम्भावना पृथ्वीमा भन्दा धेरै छ ।

वास्तवमै मंगलग्रहमा जाने विज्ञापन कुनै बेला अन्टार्कटिका जानका लागि शाक्लेटनको विज्ञापन जस्तै हुनेछ । यो कठिन हुनेछ । मर्नका लागि एक राम्रो अवसर हो , छोटो दुरी पार गर्दै अन्तरिक्षको गहिराइसम्म पुग्न सक्छौं । तपाई सफलतापुर्वक अवतरण हुन सक्नु हुन्छ ।

एक पटक तपाई सफलतापुर्वक अवतरण हुनु भयो भने तपाई सिविर निर्माणका लागि लगातार काममा लाग्नु पर्ने हुन्छ । त्यसैले तपाईले के बुझ्नुपर्छ भने धेरै समय बचेको छैन, र तपाई त्यहाँ पुग्नु नै भयो र यी सबै काम गरिसकेर पनि त्यहाँको वातावरण अत्यन्तै प्रतिकुल भएकोले त्यहाँ मर्ने राम्रो अवसर हुनेछ – मस्कले बताए ।

फेरीपनि आफुलाई जानमा कुनै अप्ठ्यारो महसुस नभएको उनले बताए । उनले भने– त्यसता मानिसहरु धेरैछन्, जो हिमाल चढ्छन् । हामी किन हिमाल चढ्छौ ? मानिसहरु सँधैजसो माउन्ट एभरेस्टमा मरिरहेका छन् ।