पायलट निँदाउँदा विमानको गन्तव्य छुट्यो


सिडनी,(एजेन्सी)
ककपिटमा पायलट मस्त निँदाउन पुग्दा अष्ट्रेलियामा एउटा सानो विमान निश्चित गन्तव्य भन्दा झण्डै पचार किलोमिटर पर पुगेको मंगलवार हवाई सुरक्षा अधिकारीहरुले बताएका छन् । गत ८ नोभेम्वरमा डेभोनपोर्टबाट तास्मानियाको किंग आइलन्ड तर्फ उडेको उक्त फ्रेइट फ्लाइटमा ति एक्लै पायलट मात्र सवार रहेका थिए ।

अष्ट्रसलियाली पारवहन सुरक्षा ब्युरो ( एटिएसबि ) ले यस घटनामाथि गम्भीर ढंगले छानविन गरिरहेको स्थानिय संचार माध्यमले जनाएको छ । तर अधिकारीहरुले मिान सुरषित रुपमा अवतरण हुनु अघि पायलट कसरी ब्युँझिए भन्नबारे भने स्पष्ट गरेका छैनन् ।

भोर्टेक्स एयरको दि पाइपर पिए – ३१ विमानले स्थानिय समय अनुसार विहान सात बजेर पन्ध्र मिनेट जाँदा २ सय ४० किलोमिटर दुरी तय गरिसक्नु पथ्र्यो ।
एटिएसबिले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा भनिएको छ , ‘ यात्राको दौरान पायलत अचानक मस्त निँदाउन पुगेपछि विमान किंग आइलन्ड भन्दा ४६ किमि टाढा उड्न पुगेको थियो । ’

उडयन विशेषज्ञ नेइल ह्यान्सफोर्डले अष्ट्रेलियाली ब्रोडकास्टिंग कर्पोरेसनलाई बताएका छन् , ‘ अष्ट्रेलियामा विमान चालकको थकान सम्बन्धि नियमहरु निकै कडा छन् । संसारका कुनै पनि स्थानमा थकित पायलटलाई विमान चलाउने अनुमति छैन । ’

यसैबिच आफ्नो वेवसाइटमा भोर्टेक्स एयरले भनेको छ , ‘ हामीले समुह , कर्पोरेट र छुटी मनाउने पर्यटकहरुका लागि अष्ट्रेलियाभरि नै उडान सेवा उपलब्ध गराउँदै आएका छौं । ’ एटिएसविले आगामी वर्ष यस घटनाको प्रतिवेदन सार्वजनिक गर्नु अघि पायलटसंग विस्तृत सोधपुछ र उडन प्रक्रियाको पुनरावलोकन गर्ने जनाएको छ । गत वर्ष मेलवर्नबाट किंग आइलन्ड तर्फ उडेको लगत्तै एउटा विमान दुर्घटना हुँदा पााचजना मानिसको ज्यान गएको थियो ।